इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले नगरक्षेत्रको समग्र विकासका लागि सङ्घीय सरकारका विभिन्न मन्त्रालयमा ज्ञापन–पत्र बुझाएको छ ।
इनरुवा नरगपालिकाका मेयर राजन मेहतासहितको काठमाडौं गएको टोलीले नगरक्षेत्रको समग्र विकासका लागि विभिन्न सङ्घीय सरकारको मन्त्रालयमा ज्ञापन–पत्र बुझाएको हो । आइतबार सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेर नगरपालिकाले मन्त्रालयमा बुझाएको ज्ञापन–पत्रको विषयमा जानकारी गराएको हो ।
नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नगरविकास कोष, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, पूर्वप्रधानमन्त्रीलगायतका मन्त्रालय तथा मन्त्रीलाई ज्ञापन–पत्र बुझाउनुका साथै नगरक्षेत्रको समग्र विकासका लागि छलफल गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए ।
इनरुवा–३ स्थित सिटी हल निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमक्ष योजना पेश गरिएको, स्मार्ट सिटीअन्तर्गतका थप पूर्वाधार निर्माण गर्न केन्द्रीय बजेटमा प्राथमिकीकरण गराउनका लागि शहरी विकास मन्त्रालयका सचिवसँग मागपत्र पेश गरिएको, इनरुवा–१ स्थित जीर्ण अवस्थामा रहेको सुपरमार्केट भएको स्थानमा अत्याधुनिक सुपर कम्प्लेक्स निर्माण गर्न नगर विकास कोषका महानिर्देशक मणिराम महतसमक्ष योजनाको मागपत्र पेश गरिएको इनरुवा नगरपालिकाका नगरप्रमुख मेहताले बताए ।
त्यसैगरी इनरुवा–४ मा रहेको खानेपानी भवनमा रहेको नेपाली सेनालाई उचित व्यवस्थापन गर्ने विषयमा उपप्रधान तथा रक्षामन्त्री समक्ष छलफल गरेको, इनरुवाका १० वटै वडामा स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्र स्थापना तथा सञ्चालन गर्ने विषयमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग छलफल गरेको इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले बताइन् ।
त्यसैरी इनरुवा–कौवाखोच, दुहबी–इनरुवा सडक निर्माण गर्दा इनरुवा बजार क्षेत्रको विनाश रोक्नलाई वैकल्पिक सडक व्यवस्थापन गर्नका लागि भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठमार्फत् मन्त्रिपरिषद्मा पेश गर्नका लागि अनुरोधपत्र हस्तान्तरण गरेको, इनरुवा नगरपालिकाको समग्र विकास निर्माण तथा नगरका समसामयिक विषयमा पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफल गरिएको, इनरुवा नगरक्षेत्रमा माछापालन व्यवसाय प्रवद्र्धन गर्नका लागि कृषि ज्ञान केन्द्रमा कसरी माछापालन गरिरहेको छ सो विषयमा अध्ययन तथा अवलोकन गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए ।
समग्र नगरक्षेत्रको विकास निर्माणको कार्यलाई अगाडि बढाउनका लागि गरिएको भ्रमण फलदायी भएको र यो भ्रमणले नगरको विकासमा टेवा पु¥याउने मेहताले उल्लेख गरेका छन् ।