विराटनगर / प्रदेश १ को राजधानीको नाम खम्बुवान लिम्बुवान नमाङकन राख्न माग राख्दै खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल मोरङले ज्ञापन पत्र बुझाएको छ । मोरङको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसाी मार्फत आइतबार खम्बुवान राष्ट्रिय मोर्चाले ज्ञापन पत्र प्रदेश सरकारलाई बुझाएका हुन् ।
खम्बुवानको तर्पबाट अध्यक्ष रणेन्द्र चिम्म्राहाङ्ग र सचिब राजुदेव राईले प्रदेश सरकारलाई पठाउने ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
उनीहरूले जातीय पृष्ठभूमिको आधारमा पहिचानसहितको प्रदेशको राजधानीको नाम खम्बुवान, लिम्बुवान राख्न माग गरेको सचिब राजुदेव राईले बताए । उनका अनुसार १४ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट खम्बुवान, लिम्बुवान प्रदेशको नाम राख्न माग गर्दै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी दिए ।