जनकपुरधाम / प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले यस प्रदेशमा कामकाजको भाषा हिन्दी हुनु पर्ने बताएका छन् । जनकपुरमा आयोजित १८ औं नेपाल हिन्दी राष्ट्रीय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री यादवले प्रदेश २ मा बोल्ने सबै भाषालाई जोड्ने काम हिन्दी भाषाले गरिरहेको बताए ।
‘प्रदेश २ मा सम्पर्क भाषा हिन्दी हुनुपर्छ भने पछि अनेक खालका टिप्पणी हुन्छ । तर मलाई डर छैन ।’–उनले भने । मन्त्री यादबले नेपालमै सबभन्दा बढी बोलिने भाषा हिन्दी भएको पनि दावी गरे । सम्मेलनका लागि प्रदेश सरकारले आर्थिक सहयोग पनि गरेको छ ।
प्रदेश २ काे काम काजको भाषा हिन्दी हुनुपर्छ –कानुन मन्त्री
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































