इटहरी । इटहरीलाई १ नम्बर प्रदेशको राजधानी बनाउन माग गदै इटहरीमा सडक पत्रकार सम्मेलन गरिएको छ । इटहरीलाई राजधानी बनाउन माग गदै इटहरीका सबै राजनितिक दल एकै ठाउँमा उभिएर पत्रकार सम्मेलन गरेका हुन ।

लामो समय देखि इटहरीलाई राजधानी बनाउन माग गदै आएको इटहरीले केहि दिन यता सबै राजनितिक दलहरु इटहरी बनाउँन सक्रिय भएका छन । प्रदेश संसदमा राजधानीको विषय प्रवेशको तयारी भए सँगै इटहरीमा राजनितिक दलहरु सक्रिय भएका हुन ।

पत्रकार सम्मेलन गदै इटहरीका राजनितिक दलहरुले प्रदेशका १४ जिल्लाको पायक पर्ने ठाउँ इटहरीलाई प्रदेशको राजधानी नबनाए शशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । एमाले नेता रामप्रसाद चौलागाईले प्रदेशको राजधानी इटहरी नभए शशक्त आन्दोलन गर्न समेत इटहरी पछि नहट्ने बताए । प्रदेश एकका सबैलाई अनुकुल हुने इटहरीलाई प्रदेशको राजधानी बनाउन उनले माग गरे ।

नेपाली काग्रेसका नगरसभापति हेमकर्ण पौडेलले इटहरी सबै हिसाबले राजधानी पाउन लायक ठाउ भएको भन्दै राजधानी इटहरीलाई दिनु पर्ने माग गरे । १४ जिल्लाका सबैलाई पायक पर्ने ठाउँमा राजधानी नदिए आफुलाई मान्य नहुने भन्दै आन्दोलन गर्ने समेत तयारी रहेको बताएका छन ।