देउराली । बस्ती तथा वनलाई प्रतक्ष असर पर्ने गरी खोला उत्खनन् गर्न खोजिएको भन्दै स्थानिय वासीले बिरोध गरेका छन् ।

धरान -५ स्थित स्थानियबासीले धरान ४, ५ र १५ नम्बर वडा भएर बग्ने सेउती तथा अधेरी खोलाको संगम स्थल भन्दा लगभग १०० मिटरमाथी सुन्दर बस्ती र बाल ऋषि सामुदायीक बनको सीमानामा नदि जन्य बस्तुको उत्खनन् गर्न थालेपछी बिरोध गरेका छन् ।

जनप्रतिनिधिको आडमा बस्ती र वनलाई प्रतक्ष असर गर्ने गरी खोला उत्खनन् गर्न खोजीएको भन्दै स्थानियवासी तथा वनका पदाधिकारीहरले सामुहीक रूपमा प्रतिकार गरेका हुन् ।

आइतबार देखी नै उत्खनन् थाल्न ठेकेदार पक्षले जेसिबि ल्यारसंगै आक्रोशित स्थानियवासीले प्रतिकार गर्दा स्थानियवासी र ठेकेदापक्ष विच हात हालाहाल भएकाे स्थानीयले बताए ।  ठेकेदारले गुण्डा ल्याएर स्थानियमाथी दवबाद दिन खोजेको स्थानीयबासीकाे अाराेप छ । 

५ नम्बर वडाका वडाअध्यक्षय सन्तोश लिम्बूले पनि वस्ती र वनको विपक्षमा आइ केटाहरू ल्याएर धम्की दिएको स्थानियबासी धनकुमार राइले बताएका छन् । प्रतिकारका क्रममा एक वृद्धमाथी हातपात सम्म भएको उनले बताए ।

उनले स्थानिय तहमा जनप्रतिनिधि आएसंँ वस्ती तथा वनलाई संरक्षण हुनुको साटो जप्रतिनिधिहरूबाट नै जोखीम बड्दै गएको उनीहरूकाे गुनासाे रहेकाे छ ।  उनले भने 'धरानमा खोला उत्खननकाे पछिल्लाे अवस्था हेर्दा खोला छेउका बस्ती उजाड बनाउन जप्रतिनिधि हात धोए लागेको देखीन्छ । ५ नम्बर वडामा त जनप्रतिनिधिबाटै अझ बढी जोखीम भएकाे छ ।'

चुरे संरक्षित क्षेत्र भनेर अहिलेसम्म ठेक्का नलागेको अधेरी खोलाको माथिल्लो क्षेत्रमा पनि जनप्रतिनिधि आएसंगै ठेक्का लगाएर बस्तीको बिचमै उत्खनन् भइरहेकोले स्थानियवासीहरूले बताए । 

स्थानिय सन्दिप लिम्बूले भने 'हामी कुनै पनि हालतमा उत्खनन् हुन दिदैनाै, सबैले देख्न सक्ने कुरा हो यहाँ डाेजरलागे सुन्दरबस्ती र सामुदायीक वनलाई प्रतक्ष असर गर्छ । यदी जनप्रतिनिधिहरू गुण्डा दिएर आउछन् भने हामी मार्न र मर्न तयार छौ ।' 

वन क्षेत्र चुरे संरक्षीत  क्षेत्रलाइ मात्र प्रभावमा नपारी बस्ती बिचमा पनि डोजर चलाउन थालेकोले अब जनता चुपलागेर नवस्ने नेकपाका प्रदेश सदस्य आइद्रबिक्रम वेघाले बताए । 

'जनता बिरोध गरिरहेका छन् तिनिहरूलाइ दबाएर नगरपालिकाले जताततै ठेक्का लगाउने डोजर चलाउने कसैलाइ नटेर्ने काम भयो । जनप्रतिनिधिले यिनिहरूले नै भोट दिएर मलाइ जिताको हो भन्ने बिर्सीए जस्तो छ । अब जनताले याद दिलाउने छन् ।, उनले भने - 'अब जनताले आन्दोलन गर्ने छ  त्यसबाट हुने भौतिक र जनधनको  क्षतिको जिम्मेवार नगरपालिका हुने छ । '

' त्यस क्षेत्रमा उत्खनन् भए खोलाको पूर्व पट्टी रहेको  बाल ऋषि सामुदायीक वनलाइ  प्रत्यक्ष असर गर्ने स्थानीयले बताए ।  

उक्त खोलाले प्रत्येक वर्ष पूर्व पट्टी रहेको  बाल ऋषि सामुदायीक वन र पश्चिम क्षेत्रमा  रहेको सुन्दर बस्तीलाइ कटान गर्दै आइरहेको छ ।  सेउती र अधेरी खोलाले छोडेको भु–भागमा बसेका लगभग २०० सुकुम्बासी घरहरू रहेका सुन्दर बस्तीमा खोला उत्खननले ति सुकुम्बासीहरूको  बाससम्म उठ्न सक्ने खतर रहेकाे स्थानीयले बताएका छन् ।  प्रत्येक बर्ष ५ /६ घर वर्षामा  आउने भेलसंगै बिस्तापित हुने गरेका छन् । उपमहानगरले भने वातावरणीय परिक्षण गरेर मात्र ठेक्का लगाएकाे दावी गरेकाे छ ।