उर्लाबारीमा उपभोक्ता समिति निर्माणमा कार्यापालिका बैठकमा विवाद, अढाई करोड बजेट फ्रिज हुने चिन्ता

alt
  • बैशाख ११, २०७६
  • ब्लाष्ट खबर

धरान / उर्लाबारी नगरपालिकाको कार्यापालिका बैठक दुई दिनदेखि निर्णय विहिन भएको छ । विकास निमार्णको काम गर्न उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा कार्यापालिकामा एक मत हुन नसक्दा बैठकको निष्कर्ष निस्कन सकेको छैन् ।
हिजो र आज दुई दिन बैठक बसेको थियो । उपभोक्ता समितिमा कार्यापालिकाका आ–आफ््ना पकडका व्यक्तिहरु राख्न नेकपा पक्ष र नेपाली काङ्ग्रेस पक्षविच सहमति नहुदा बैठक हुन नसकेको हो ।
उपभोक्ता समिति गठन तथा परिचालन कार्यविधि २०७५ अनुसार कार्यापालिकाका उक जना सदस्य राख्नु पर्ने नियम अनुसार कार्यपालिकाका एक जना सदस्य राख्ने विषयमा विवाद भएको नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिए ।
समिति निर्माणमा विवादसँगै विकास निर्माणको करिव दुई करोड ५० लाख बजेट फ्रिज हुने सम्भावना बढेको छ । नियम अनुसार बैशाख १५ गते भित्र उपभोक्ता समिति गठन गरि काम शुरु गर्नु पर्ने हुन्छ । तर उर्लाबारी नगरपालिकामा ११ गतेसम्म उपभोक्ता समिति गठनमा सहमति जुट्न सकेको छैन् ।
भोली पुन बैठक बसी सहमति खोजीले मेयर फागोले जानकारी दिए । मेयर नेपाली काङ्ग्रेसबाट निर्वाचित भए पछि कार्यापालिकामा अधिकांश नेकपाको सहभागिता भएका कारण सहमति हुन नसकेको बताइएको छ ।

आचार्यद्वारा निर्वाच ...

धरान  / नेपका स्थायी कमिटी सदस्य तथा प्रदेश १ ...

सुन तस्करीका अभियुक् ...

विराटनगर /  यूएईमा पक्राउ परेका साढे ३३ किलो सुन त ...

गाँजा खेती गरेको आरो ...

धरान । गाँजा खेती गरेको आरोपमा धरान–१३ बाट एक युव ...

धरानबाट ब्राउन सुगरस ...

धरान । धरान प्रहरीले ब्राउन सुगरसहित तीन युवालाई नियन्त ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved