रङ्गेली/ प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नाम र राजधानी सबैको भावना समेट्ने गरी टुङ्ग्याइने बताएका छन् ।

लिम्बुवानसम्बद्ध बेलायतमा रहेका विभिन्न सङ्गठनहरूले शुक्रबार संयुक्तरूपमा बुझाएको ज्ञापन–पत्र लिने क्रममा उनले प्रदेश १ मा विभिन्न भाषा र जातजातिको बसोबास रहेकोले सबैको भावनालाई समेटेर उक्त विषयलाई टुङ्ग्याइने बताए ।

उनले प्रदेशको नाम र राजधानीको विषयलाई प्रदेशसभामा प्रवेश गराउने नियमावली संशोधन भएकोले प्रक्रिया अगाडि बढाइने बताए ।

बेलायतमा रहेका सङ्गठनहरूले कोशीपूर्वलाई लिम्बुवान स्वायत्त प्रान्तको रूपमा कायम गर्न माग गरेका छन् । उनीहरूले बुझाएको ज्ञापन–पत्रमा नेपालको बहुजातीयतालाई अहिलेसम्मका कुनै पनि संविधानले सम्बोधन गर्न नसकेको उल्लेख गरेका छन् ।

ज्ञपान–पत्र सङ्घीय लिम्बुवानकी प्रदेश सांसद् विष्णु तुम्बाहाम्फेसहित पार्टीका बेलायतस्थित विभिन्न सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।