पाँचथर / नेत्रबिक्रम चन्द बिप्लवका एक कार्यकता बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । संगठनका जिल्ला सचिवालय सदस्य फाल्गुनन्द गाउँपालिका–४, पुरानो पञ्चमी बस्ने पेम्बा शेर्पाले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।
उनले एक प्रेस विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले प्रेस विज्ञप्तीमा भनेका छन्– ‘‘पार्टीले अवलम्बन गरेको सशस्त्र संघर्ष र ध्वसात्मक गतिबिधि देश र समाजको हित बिपरित छ भन्ने निष्कर्षमा पुगि पार्टी परित्याग गरेको छु ।’ उनले लोकतान्त्रिक बाटोबाट समाज रुपान्तरण गर्ने लक्ष्य लिएको नेकपा नै देशकाल र परिस्थिति सुहाउदो पार्टी भएकाले उक्त पार्टीमा प्रवेश गरेको बताएका छन् । उनलाई नेकपा प्रदेश तथा जिल्ला नेताहरुले पार्टी प्रवेश गराएका थिए ।