पाँचथर / सोमबार साँझ फिदिम आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार समर्थक–सुभेच्छुकहरुसँग भेटघाट गरेका छन् । यति बेला पूर्व राजा ज्ञानेन्द्रले देशभरी समर्थकहरुसँग राय सुझाव लिन भ्रमण तिब्र बनाएका छन् । प्रदेश १ का जिल्ला घुम्दै उनी फिदिम बजार पुगेका हुन ।
उनले फिदिमको ठाडोलाइनदेखि आहालगैरीसम्म पैदल यात्रा गरे । सो क्रममा उनले आफ्ना समर्थक र सुभेच्छुकहरुसँग गुनासा र आग्रह सुन्नुका साथै तस्विर समेत खिचाएका थिए । आहालगैरीदेखि सवारी साधन मार्फत् फिदिम–४, स्थित ऐतिहासिक सुम्हालुङ मन्दिर पुगेका पूर्वराजा शाहले मन्दिरमा पूजाआजा गरे । शाहको समर्थनमा निकालिएको ¥यालीमा राप्रपा, राप्रपा (संयुक्त) र केही काँग्रेस कार्यकर्ताहरुको समेत सहभागिता थियो । राप्रपा संयुक्तका नेता सगुनसुन्दर लाओतीले पूर्वराजा शाह बिशुद्ध व्यक्तिगत भ्रमणमा पाँचथर आएको बताएका छन् ।