विराटनर । एक नम्बर प्रदेशको नाम ‘किरात प्रदेश ’ राख्नुपर्ने माग राख्दै दुई दर्जन समुदायगत संघसंस्थाहरूले संयुक्त रुपमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले शुक्रबार प्रदेश सभाको सचिवालयमा सभामुख प्रदिपकुमार भण्डारीलाई प्रदेशको नाम किरात राख्न माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
साझा पहिचान र भुगोलको आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने माग राख्दै उनीहरूले पटकपट ध्यापन पत्र बुझाउँदै आएका छन् । किरात कुनै एउटा जातियको नाम नभएर भोगोल, इतिहास, संस्कृति र सभ्यतासँग जोडिएको भन्दै १ नम्बर प्रदेशको नाम किरात राख्नुपर्ने उनीहरूको माग छ । २३ वटा जातिय संघसस्थाहरूले किरात प्रदेश हुनुपर्ने माग राख्दै हस्ताक्षरसहितको ज्ञापन पत्र प्रदेश सरकारलाई उनीहरूलाई बुझाए ।