रङ्गेली । जेष्ठ सदस्यको अध्यक्षतामा संचालन हुदै आएका प्रदेश १ को प्रदेशसभाका विषयगत समितिको अध्यक्ष चयनका लागी मितितय गरिएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकले एक वर्ष वितिसके पछि विषयगत समितिको निर्वाचनको मिति तोकेको हो । पूर्णता नपाएका समितिहरुले आफ्नो काम समितिका जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको थियो । शुक्रबारको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले संसदिय समितिको निर्वाचनको मितिे चैत्र २२ गतेलाई तोकेका हुन । उनले शुक्रबार नै चुनावको तालिका सर्वजनिक गर्न समेत निर्देशन दिए ।
प्रदेशसभामा सातवटा विषयगत समिति रहेका छन् । सदनमा टुङ्गो लाग्न नसकेका विषयहरु विषयगत समितिमा दफावार छलफलको लागी पठाउने गरिन्छ । विषयगत समितिलाई ‘मिनि’ संसद पनि भन्ने गरिन्छ । सात समितिहरुमध्ये प्रमुख प्रतिपक्ष दलले एउटा समितिको नेतृत्व पाउने छ । बाँकी छ समितिको नेतृत्व नेकपाले नै गर्ने छ ।
यसअघि बनेको समितिमा रहेका सांसदहरुको नाम हेरफेर गरिएको छ । सार्वजनिक लेखा समितिमा आशारत्न जबेगुको स्थानमा ओमप्रकाश सरावगी परेका छन् । त्यसैगरी तुलसीप्रसाद न्यौपानेको स्थानमा लोकप्रसाद संग्रौलालाई राखिएको छ । सरिता थापाको स्थानमा अम्बिका थापालाई राखिएको छ । लेखा समितिको अन्य सदस्यहरुमा कुलप्रसाद साम्बा,कुसुमकुमारी श्रेष्ठ,बसन्तकुमार बानिया,शिवनारायण गनगाई,सन्जाकुमारी दनुवा र होम कुमारी सावाँ रहेका छन् ।
अर्थ समितिमा पनि केहि सांसदको नाम फेरिएको छ । जसमा अर्जुन राईको स्थानमा मोहनकुमार खड्का आएका छन् । ओमप्रकाश सरावगीको स्थानमा चुमनारायण तवदारलाई राखिएको छ । बाँकी सदस्यहरुमा एकराज कार्की,जसमाया गजमेर,पदमकमारी गुरुङ,पूर्णप्रसाद राजवंशी,प्रताप प्रकाश हाङगाम,यसोदा अधिकारी,राजन राई,राम कुमार राई,लिला सुब्बा रहेका छन् ।
सामाजीक विकास समितिमा अम्बिका थापा स्थानमा सरिता थापा र सिता थेवेको स्थानमा कला घलेको नामा हेरफेर गरिएको छ । समितिका अन्य सदस्यहरुमा अगमलाल चौधरी,कल्पाना कुमारी सरदार,कृष्णकुमारी राई,केदार कार्की,गाणेशकुमार काम्बाङ,झलक बहादुर मगर,निरन राइ,राजेन्द्र कुमार राई,राम चन्द्र लिम्बु,लछुमन तिवारी,सावित्रा कुमारी रेग्मी रहेका छन् ।
न्याय प्रसासन तथा विधायन समितिबाट चुमनारायण तबदारको नाम हटाइएको छ । समितिका अन्य सदस्यहरुमा इन्दिरा राई, इन्द्रमणि पराजुली,खिनु लङवा लिम्बु,चन्द्रप्रसाद श्रेष्ठ, जयराम यादव,टंक आङबुहाङ लिम्बु, बसन्ती देवी यादव,विमल कार्की,विष्णु तुम्बहाम्फे,राजकुमार ओझा, राजिव कोइराला,लिला बल्लभ अधिकारी,शान्ता पौडेल,सावित्रि जोशी,सौभाग्यवतीदेवी राई ,त्रानेश्वर राजवंशी रहेका छन् ।
सुसासन तथा योजना समितिमा पूर्ण प्रसाद राईको स्थानमा अर्जुन राई लाई ल्याइएको छ । अन्य सदस्यहरुमा उषाकला राई,गुलेफुन खातुन,ज्योती सुब्बा,तेजमान कन्दङवा,धिरेन्द्र शर्मा,बल बहादुर साम्सोहाङ,भीम प्रसाद आचार्य,राधा थापा,शेखर चन्द्र थापा,सुनिता कुमारी चौधरी,सुयर्मा राज राई,हिराकुमार थापा रहेका छन् ।
उद्योग,पर्यटन तथा वातावरण समितिमा काला घलेको स्थानमा सीता थेवे र मोहमद ताहिर मियाको स्थानमा नवोदिता चौधरीलाई राखिएको छ । बाँकि सदस्यहरुमा उमितिा विश्वकर्मा,काजीमान कागते,नारायण बहादुर मगर,विन्दिया कार्की,बुद्धीकुमार राजभण्डारी,राम बहादुर मगर,लिलम बस्नेत,विध्यानन्द चौधरी, श्रीपसाद मैनाली रहेका छन् ।
प्रकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा नवोदिता चौधरीको नाम हटाइएको छ ।मोहन कुमार खडकाको स्थानमा पूर्ण प्रसाद राईलाई ल्याइएको छ ।लोकप्रसाद संग्रौलाको स्थानमा महमद ताहिर मियालाई ल्याई एको छ । बाँकि सदस्यहरुमा अम्बिका बाबु गुरुङ,उत्तमकुमार बस्नेत,उपेन्द्रप्रसाद घिमिरे,गोपालचन्द्र बुढाथोकी,बिजयकुमार विश्वास,बिनादेवी राई,बख बहादुर प्रधान, सर्वध्वज साँवा लिम्बु र हिमाल कार्की रहेका छन् ।
सभामुखले सदनमा हेरफेर पछि प्रस्तुत गरका नाम सर्वसम्मत स्विकृत भएको थियो । त्यसैगरी शुक्रबारको संसद बैठकमा प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलको लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास मितिमा पठाउन सदनले स्किृति प्रदान गरेको छ । आर्थिक मामिला तथा योजना मन्द्रि इन्द्रबहादुर आङबोले गरेका थिए ।