धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिका-१ नुन्थलामा सोमबार ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
राती ११ः३० बजे कोशी राजमार्ग अन्तर्गत धनकुटाबाट तेह्रथुमतर्फ रड बोकेर जाँदै गरेको को.२ त. ३१६६ नम्बरको ट्याक्टरको अगाडीको भाग (ईन्जिन) छुट्टिएर भिरबाट २ सय मिटर तल खस्दा ट्याक्टर चालक धनकुटा छथर जोरपाटी गाउँपालिका-५ बस्ने वर्ष ३० को जितन घिमिरेको घटनास्थलमा नै मृत्यु भएको हो भने सह-चालक सोही स्थान बस्ने बर्ष २९ को रत्न बहादुर गुरुङ गम्भीर घाइते भई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला प्रही कार्यालय धनकुटाले जनाएको छ ।
































