उदयपुर/ भालुको आक्रमणमा परी उदयपुरमा दुई जना घाइते भएका छन् ।
चौदण्डिगढी नरपालिका–५ सिवाईको जङ्गलमा भालुको आक्रमणबाट दुई जना घाइते भएका हुन् । सिवाईको जङ्गलमा बाँस काट्न जाँदा भालुको आक्रमणमा परी चौनपा–५ निवासी २५ वर्षीय घुरन सदाय र उक्त ठाउँ निवासी २५ वर्षीय मनिस राई घाइते भएको प्रहरीले जनाएको छ ।
भालुको आक्रमणमा परेका राईको हात, खुट्टा, ढाँडलगायतमा चिथोरेको छ भने सदायको हातमा मात्रै चिथोरेको छ । उनले भालुको मुखमा हात हालेका थिए । घाइते राईलाई प्राथमिक उपचारपश्चात् थप उपचारको लागि बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
































