विराटनगर/  तीन करोडको लगानीमा विराटनगर–३ दूधफारम पूर्व ‘विनडोर सोलुसन्स’ सञ्चालनमा आएको छ । 
 
तीन कट्ठा क्षेत्रफलमा अत्याधुनिक उपकरणहरू राखेर ‘विनडोर सोलुसन्स’ सञ्चालनमा आएको हो । 
 
यूपीभीसीको झ्याल, ढोका अब विराटनगरको विनडोर सोलुसन्सम पाइने भएको छ । यस अघि नयाँ घरमा यूपीभीसीको झ्याल, ढोका लगाउनु परे भारत र काठमाडौंबाट मगाउनुपर्ने अवस्था थियो ।  
 
अनप्लाइस्टिसाइज्ड पीभीसी उपयोगी हुने भएकाले नयाँ बन्ने घर, कार्यालयहरूमा झ्याल, ढोकामा प्रयोग हुने गरेको विनडोर सोलुसन्सका सञ्चालक रोहित थपलियाले जानकारी दिए । ‘यूपीभीसीको झ्याल, ढोका अत्यन्तै उपयोगी हुन्छ, पचासौं वर्षसम्म टिक्ने गरेको छ,’ सञ्चालक थपलियाले भने, ‘घामपानीमा रहँदा पनि सुरक्षित हुने गरेको छ ।’
 
यूपीभीसीको झ्याल, ढोका लगाएको घरमा ध्वनि अवरोध हुने भएकाले यसले बाहिरी आवाज र ध्वनि प्रदूषण नियन्त्रण गर्ने गरेको सञ्चालक थपलियाले बताए । विनडोर सोलुसन्सको यूपीभीसीको मुख्य विशेषता भनेको गर्मी मौसममा बाहिरको तातो भित्र आउन अवरोध गर्ने र सितल हुने हो । त्यस्तै जाडोमा पनि कोठा न्यानो हुने,  यूपीभीसीको झ्याल ढोकामा भित्र ग्याल्भनाइभ स्टोल लागेको हुनाले यसलाई फुटाउन र भाँच्न सकिंदैन । यो अत्यन्तै दह्रो हुने गरेको छ । ‘विनडोर सोलुसन्सको यूपीभीसीको झ्याल ढोकामा कीरा र धमिरा लाग्दैन,’ सञ्चालक थपलियाले भने, ‘खिया र आगोसमेत लाग्दैन । आगोबाट पनि जोगिनेछ ।’
 
विनडोर सोलुसन्स सञ्चालनमा आएसँगै ५० जनाले रोजगारी पाएको जानकारी दिदै संचलाक थपलियाको अनुसार अबको एक साताभित्रमा फुलफेजमा उद्योग सञ्चालनमा आउने जानकारी दिए । विनडोर सोलुसन्स फुलफेजमा सञ्चालनमा आएसँगै एक महिनामा २० हजार स्क्वायरफिट यूपीभीसीको झ्याल, ढोका उत्पादन गर्दै आएको छ । यूपीभीसीको झ्याल, ढोकाको लागि कच्चापदार्थ टर्की, भारत र चीनबाट आयात हुने गरेको सञ्चालक थपलियाले बताए ।