काकडभिट्टा / धुलाबारी बजारलाई व्यवस्थित र सफा बनाउने अभियानमा जुटेका स्थानीय युवाले मेचीनगर–९ र १० वडामा सरसफाइ समिति निर्माण गरेका छन् । मेचीनगर–९ र १० वडा रहेको धुलाबारी बजार क्षेत्रका १ सय ४ जना युवा धुलाबारी बजार क्षेत्रमा व्यवस्थित पार्किङ निर्माण र स्वच्छ धुलाबारी अभियानमा सङ्गठित भएका हुन् । अभियानको संयोजकत्व रविन बस्नेतले गरेका छन् ।

सरफाइ कर्मचारी र धुलाबारी खानेपानीका कर्मचारी र स्थानीय धुलाबारी बजारक्षेत्रका युवा तथा विभिन्न राजनीतिक पाटीका प्रतिनिधिहरूले संयुक्त रूपमा दैनिक सरफाइ गर्ने प्रतिबद्धता जनाएको संयोजक बस्नेतले बताए । बजारलाई पार्किङ क्षेत्र निषेधित गरी व्यवस्थित पार्किङका लागि स्थान उपलब्ध गराउने उनको भनाइ छ । पार्किङ शुल्कवापत् भारतीय गाडीलाई भारु २० र नेपाली नम्बर प्लेटका गाडीलाइ नेरु २० शुल्क तोकिएको संयोजक बस्नेतले बताए ।

‘पूर्वकै व्यापारिक केन्द्र हङकङ बजारका रूपमा परिचित धुलाबारी हाल सुनसान हुन थालेपछि पूर्ववत् अवस्थामा पु¥याउन युवा तात्तिएका हुन्, संयोजक बस्नेतले भने, ‘यँहाका पुराना व्यवसायीहरू पलायन हुँदै गएका छन् ।’
‘खस्क“दैछ बजार’
धुलाबारीमा पाउने सामान भारतीय बजारमा सस्तो मूल्यमा पाइने भएकाले बजार सुनसान हुन पुगेको स्थानीय बताउँछन् । नेपालीहरू सस्तो सामाग्रीको खोजीमा पानीट्याङ्की, नक्सल, सिलिगुडी जाने गर्दछन् । खुला सीमाका कारण बजारमा किनमेल गर्न सहज हुने र सामग्री सहज तरिकाले नेपाल भिœयाइने भएकाले कारण धुलाबारी बजार सुक्दै गएको, पहिलाको जस्तो व्यापार नभएको कपडा व्यवसायी ललित अग्रवालले बताउँछन् ।

‘आज भन्दा १० वर्ष अगाडि ५० हजारभन्दा बढी दैनिक सामान बिक्री हुने मेरोे पसलमा आज ५ हजारको पनि बिक्री हुँदैन ।’ अग्रवाल भन्छन् । सीमावर्ती क्षेत्रमा प्रशासनले कडाइ गर्नुपर्ने उनी बताउँछन् । यसैबीच धुलाबारी चोकको शान्ति सुरक्षाका लागि ४ वटा सीसी–क्यामेरा राखिएको ट्राफिक प्रहरी पोस्ट धुलाबारीका हवल्दार कुमार भट्टराईले जानकारी दिए ।