सिरहा /  प्रदेश नम्बर २ का ८ जिल्लामा सात महिनाको अवधिमा दुई सय सतहत्तर जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये झुन्डिएर एक सय उनानब्बे जना, विष सेवन गरी त्रियासी जना, आगो लगाएर पाँच जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दान बहादुर थापाका अनुसार प्रदेश नम्बर २ मा साउन देखि पुससम्मको पाँच महिनामा लागूऔषधसहित ५ सय ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेको ठूलो संख्या १६ देखि २५ वर्ष युवा अवस्थाका व्यक्तिहरू रहेको तथ्यांकले देखाएको छ ।

प्रहरीको तथ्याङ्कन अनुसार १६देखि २५ वर्ष उमेर समूहका २ सय ५१ जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । ८ वाटै जिल्लामा सात महिनामा २ सय ३८ बलात्कार मुद्दा प्रहरीमा दर्ता भएका छन् । भने साउन देखि माघसम्ममा जबर्जस्ती करणी मुद्दा १ सय ६० र जबर्जस्ती करणी उद्योगमा ७८ मुद्दा दर्ता भएका छन् ।

प्रहरीमा दर्ता भएका मुद्दामा १० वर्ष मुनिका २२ बालिका समेत बलात्कृत भएका छन । १६ वर्षमुनिका सबैभन्दा बढी १ सय ३० जना बालिका बलात्कृत भएका छन्। १६ वर्षभन्दा माथिका १ सय ८ जना बलात्कृत भएका छन । बलात्कारमा संलग्न अधिकांश चिनजानकै व्यक्तिहरु रहेको पाईएको छ । घरभित्र १ सय ४९ र घरबाहिर ८९ बलात्कारको घटना भएको प्रहरको तथ्याङ्कमा उल्लेख छ ।