सिरहा/ जिल्ला प्रहरी कार्यालय सिरहाले भन्सार छली ल्याएको ५७ हजार ४ सय रुपैया बराबरको अबैध समान बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी खिरौनाको छुटाछुट्टै प्रहरी टोलीले भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवैध समानहरु बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय सिरहाको प्रहरी टोलीले कुर्ता सुरुवाल ३२ जोर, प्लाष्टिकको खेलौना १५ किलो गरी २० हजार बराबरको, जिल्ला प्रहरी कार्यालय सिरहाका टोलीले चिनी १५० किलो, खाने तेल ३० लीटर, प्लाष्टिकको झोला ४० किलो गरी २१ हजार बराबरको र प्रहरी चौकी खिरौनाको टोलीले कुर्ता सुरुवाल २० जोर, कम्मर पेटी २३ थान गरी १६ हजार ४ सय गरी कुल ५७ हजार ४ सय बराबरको सामान बरामद गरी भन्सार कार्यालय खैटोकामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलले बताए ।