धरान / धरान –१५ , मदन आश्रित मार्गमा रहेको बमबहादुर खड्काको कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट खोर पूर्ण रुपमा जलेर नष्ट भएको खड्काले बताए । धरान उपमहानगरपालिकाको तीन वटा, इटहरीबाट एउटा दमकल, प्रहरी तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् । १२ सय भन्दा बढि कुखुरा अटाउने खोरमा बेच्न तयार भएका १२/१५ वटा कुखुरा जलेर नष्ट भएका छन् ।
आगलागीको कारण खुल्न सकेको छैन् । नजिकैबाट दुई जना अपरिचित केटाहरु निस्कीएकाले चुरोटको ठुटाबाट आगलागि भएको हुन सक्ने छिमेकी मुरारी सुवेदीले जानकारी दिए ।
तस्विरः डम्बर कार्की
































