धनकुटा/ धनकुटा नगरपालिका वडा नं.९ वेलहरामा औषधी हुन्छ भन्दै जडीवुटी खाँदा एक वृद्धको उपचारको क्रममा सोमबार राती मृत्यु भएको छ भने ५ जना गम्भिर घाईते भएका छन् ।

केही समय अगाडी ताप्लेजुङ्गको पाथिभरा देवीको दर्शन गर्न जाँदा किनेर ल्याएको हिमाली जडीबुटी औषधी हुन्छ भन्दै ढुटो वनाएर खुवा बनाएर पकाएर खाँदा एकै परिवारका ६ जना गम्भिर घाईते भएको वडा नं.९ का वडाध्यक्ष सन्दिप रायमाझी ब्लाष्टलाई बताए ।

घरैका सवै परिवारले सोमवार साँझ शरिर दुखेको निको हुन्छ भन्दै जडीवुटीलाई खुवामा मिसाएर खाँदा परिवारका सवै सदस्य गम्भिर विरामी परेपछि उपचारको क्रममा वर्ष ६५ का माधव प्रधानको मृत्यु भएको हो । उनको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

जडीवुटी खाएर गम्भिर विरामी हुनेहरुमा वर्ष ११ का कुसल श्रेष्ठ, वर्ष ६२ का नरमाया प्रधान, वर्ष २८ का कविता श्रेष्ठ, वर्ष ३१ का दिपक श्रेष्ठ र वर्ष ४१ का सीता डंगोल रहेका छन् । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसके पछि थप उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरान पठाइएको थियो ।

उपचारको क्रममा वृद्ध माधव प्रधानको सोमबार राती विपिमा मृत्यु भएको वडाध्यक्ष रायमाझीले बताए । जडीवुटी खाएर गम्भर विरामी परेकाहरुको उपचार भैरहेको र स्वास्थ्यमा सुधार भैरहेको पनि रामाझीले बताए । उनीहरु ५ जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको पनि वताइएको छ ।