काठमाडौं/ रिपोर्टर्स क्लब नेपालका अध्यक्ष तथा पत्रकार ऋषि धमला कार दुर्घटनामा परेका छन् ।
रानीबारीस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा उनको कार लैनचौरमा दुर्घटनामा परेको हो।
आज बिहान ५ः५० बजे मा विपरित दिशाबाट आउँदै गरेको बा ७९ प ४०३९ नम्बरको मोटरसाइकल र धमलाको बा १४ च ११९१ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार ३ जना र कार चालक घाइते भएका छन् । कार चालक नारायण गौतमको हातमा चोट लागेको छ । मोटरसाइकलमा सवार ३ जनाको खुट्टामा चोट लागेको छ।
पत्रकार धमलाको अवस्था सामान्य प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाईकल पूर्ण रुपमा क्षति भएको छ ।
































