धरान / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको सचिवालयमा भोजपुर मानेभञ्ज्याङका नेपाली सेनाका हवाल्दार तीर्थ खड्का थिए ।
उनले माघ १५ गतेदेखि मात्र पेन्सन पकाएर जागिर छाडेका थिए । अधिकारी मन्त्रिमा नियुक्ति भए पछि १० महिनादेखि अंग रक्षकको रुपमा काम गरे ।
आज दुर्घटनाको खवर सुनेर उनी विक्षिप्त बनेका छन् । धरानमा रहेका खड्काले मन्त्रिसँग अहिलेसम्म रहेको भए त्यो घट्नामा आफु पनि पर्ने भन्दा पनि उनको डुयुटिमा रहेका व्यक्तिलाई गर्ने वानी व्यवहार, देश र जनताका लागि उने गरेको कामको आफुलाई चिन्ता भएका बताए । रविन्द्र अधिकारीको विषयमा उनल ेव्यक्त गरेको भनाइ जस्ताको तस्तै:

tirth
म मेरो जागिर जीवनमा तीन वटा मन्त्रिसँग हिडे । तर रविन्द्र अधिकारी जस्तो क्षमतावान, कर्मचारीमैत्री मन्त्रि भेटिएन । नेपाली काङग्रेसको सरकार हुदा भूमी सुधार राज्य मन्त्रि यसोदा कुमारी लामा, उद्योग राज्य मन्त्रि कञ्चनचन्द्र बाजेसँग पनि काम गरे ।
तर उहाँजस्तो वयक्ति भेटिएन । हामीलाई असाध्य माया गर्नु हुन्थ्यो । एक पटक भन्दा बढि जहाजमा यात्रा ग¥यो । बास बसेको स्थानमा हामीले नखाई उहाँ खानु हुदैन थियो । उहाँको मृत्यु राज्यका लागि ठूलो क्षति हो । आज मलाई सपनाजस्तो लागेको छ । मेरा ड्युटी देखेर उहाँले कार्यकालभरी यही काम गर्न भन्नु भएको थियो । तर मेरो पारिवारिक समस्याका कारण उहाँलाई जानकारी नै नदिइ जागिर छाडे । आज मलाई धेरै नराम्रो लागेको छ । मेरो साथी अर्जुन घिमिरेसँगै पर्नु भयो ।
मन्त्रि ज्युको घर पनि पुगेको थिए । उहाँसँग गत पुसमा पोखरा विमानस्थलको अवलोकन गर्न अन्तिम पटक हिडेको थिए ।