काठमाडौँ /  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेढुङ्गामा दुर्घटना भएको आशङ्का गरिएको छ । 

अधिकारीसहित ६ जना सवार हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विमान सम्पर्कविहीन भएको खबर सुनेर आफू सम्भावित दुर्घटनास्थलतर्फ लागेको बताएका छन् । अासंका गरिएकाे  घट्नास्थल पुग्न तीन घण्टा लाग्छ । 

सो हेलिकप्टर दुर्घटना भएको खबर पाएपछि काठमाडौँबाट सो एयरलायन्स कम्पनीको अर्काे हेलिकोप्टर उद्धारका लागि प्रस्थान गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी घटनास्थलतर्फ जादैं छ ।  

पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीको कार्यालयका कर्मचारी युवराज दाहाल,  क्यानका नायव महाप्रवन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका पिएसओ अर्जुन घिमिरे र  विपेन्द्र प्रसाद चढेको जानकारी प्राप्त भएको छ। हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले चलाएका थिए। 
मन्त्री अधिकारी र चालकसहित छ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका लागि गएको थियो ।

detail