तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकूमा आईतवार दिउँसो घरमा आगलागि हुदाँ बच्चाको जलेर मृत्यु भएको छ ।
स्थानीय रूद्र खातीको घरमा आगलागी हुदाँ खातीको ६ वर्षका छोरा मौसम खातीको जलेर मृत्यु भएको हो । आगलागीबाट खातीको दुईवटा घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी नारायण प्रसाद गौतमले बताए । घटना स्थलमा इलाका प्रहरी कार्यालय संक्रान्ति बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
































