पाँचथर/ फाल्गुनन्द गाउँपालिका–३, पौवासारतापमा चट्याङ लागेर शनिबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान बस्ने १७ बर्षिय भगेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ । पानी परेपछि घरमा ओत लागेर बसिरहेको अवस्थामा चट्याङ परी उनको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
चट्याङबाट उनका भाई ११ बर्षिय मनकुमार तामाङ घाइते भएका छन् । उनको जिल्ला जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचारपछि जिल्लाबाहिर रेफर गरिएको छ ।
यसैबीच फालेलुङ गाउँपालिका–५, प्राङबुङमा समेत चट्याङ परेर आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार त्यहाँस्थित फौदमान तामाङको घरमा चट्याङ पर्दा उनीहरु घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।
































