ताप्लेजुङ/ ग्रामिण भेगमा नदिको बहाव घट्दै गएपछि बाटोलाई छोटो बनाउन र त्यसवाट मान्छे आवत-जावत गर्न फड्के थाप्ने चलन छरु। लामो बाटो नघुम्न र छिटो गन्तव्यमा पुग्न गाउँ टोललाई अनुकूल हुनेगरी फड्के बनाउने चलन अझै हराएको छैन ।

पछिल्लो समय गाउँगाउँमा सडक पनि पुगेका छन् । अहिले खोला नदीमा गाडी आवतजावतका लागि पनि यस्तै विधि अपनाउन थालिएको छरु। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा काठको अस्थायी पुल बनाउने क्रमले पनि गति पाएको छ।

एकपछि अर्को अस्थायी पुल बन्न थालेका छन्रु। यो स्थायी नभइ हिउँदभरका लागि मात्रै होरु। बर्खा लागेपछि यस्ता पुललाई कि निकालेर राख्नुपर्छ कि त खोलाले वगाउँछ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको खेजेनिम र लिङ्खिम जोड्ने खोलामा यस्तै काठको अस्थायी पुलको निमार्ण गरिएको छ ।

अस्थायी पुल निमार्ण भैसकेपछि अहिले धमाधम सवारी साधन सञ्चालनमा छन् । सो गाउँपालिकाको अन्य स्थानमा पनि काठको अस्थायी पुल निमार्ण गरिएको गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी दिए । गाउँपालिकाद्वारा तापेथोक-ईखाबु र रानिपुल-लेलेप सडक खण्डमा पर्ने तमोर नदिमा अस्थाई पुल बनाएको हो । पुलमार्फत पहिलो पटक जिल्लाका ईखाबु र लेलेपमा सवारी साधन पुगेको छ ।

सवारी साधन पुगेपछि त्यहाँका स्थानिय खुसी बनेका छन् । गाउँपालिकाको ४ लाख ५० हजारको लागतमा पुल बनाइएको गाउँपालिका अध्यक्ष सरोज एभेङले बताएका छन् । सो गाउँपालिकाकाले मानाभारा महात्सवको अवसर पारेर स्थानीयको सक्रियतामा पहिलो पटक अस्थायी पुल निमार्ण गरी सवारीसाधन सञ्चालन गरेको थियो । त्यसअघि नै सानिमा हाइडूोपावरले तमोर नदीमा अस्थायी रुपमा पुल निमार्ण गरेको थियो ।

नदीमा छ वटा होमपाइप हालेर फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकामा गाडी आवतजावत गर्ने बनाइएको छ। थुम्वा बेंसी छेउमा तमोर नदीमा होमपाइपबाट पानी कटाइएर त्यसमाथि गाडी गुड्ने बनाइएको छ। त्योसँगै मिक्वाखोला गाउँपालिका को वडा नं ३ लिवाङ सम्म सवारी साधन पुगेको छ । “अस्थायी पुलले गर्दा घरैसम्म गाडी आयो ।” खेजेनिमका राजेन्द्र वहादुर लिम्बूले खुसी हुँदै भने “पहिले पहिले हामी फड्केवाट खोला वारपार गथ्यौँ । अहिले त गाडी पनि फड्केवाट तर्दै छ ।”

यहाँ पुल बने ओलाङचुङगोला र लेलेपका बासिन्दालाई गाउँपालिकाको केन्द्र तापेथोक र सदरमुकाम फुङलिङ आउन सहज हुन्छ भने पर्यटकीय कञ्चनजंघा क्षेत्र र ओलाङचुङगोला जानेका लागि राहत हुन्छ। तर होम पाइपभन्दा काठको पुल भरपर्दो हुने स्थानियको बुझाई छ । ‘एउटा होमपाइपलाई एक लाख पर्ने रहेछ। त्यो राख्दा र निकाल्दा टुटफुट हुने सम्भावना धेरै हुन्छ। त्यसैले काठको पुल बनाएका छौं,’ एभेङले भने ।

पहिलो हिउँदमै यति धेरै अस्थायी पुल बने अर्को वर्षदेखि फेसन बन्न सक्ने स्थानिय बताउँछन् । जिल्लामा तमोर, मेवा, मैवा, कावेली, जस्ता नदीहरू रहेका छन् । ‘धेरैजसो गाउँपालिकाले खोलासम्म र हिउँदमा स्काइभेटर मेसिन खोलो तारेर टोलटोलमा बाटो र्पुयाएका छन्,’ लिवाङका जयराम कार्कीले भने, ‘गाडी कसरी पुर्याउने भन्ने थियो नयाँ उपायको सुरुवात भएको छ यसले गति पाउन सक्छ।’