उदयपुर/ बतासे घाटबाट यातायात सेवा सुरु भएपछि उदयपुरको लिम्चुङ्बुङ बासीलाई काठमाण्डौ आवत-जातवमा सहज भएको छ ।  जिल्लाको विकट उत्तरी लिम्चुङ्बुङ गाँपालिकाको सिमानाबाट यातायात सेवा सुरु भएपछि पालिका वासीहरुलाई काठमाण्डौ आवत जावतमा सहज भएको हो ।

छिमेकी जिल्ला खोटाङको बतासे घाटबाट यातायात सञ्चालन भएपछि काठमाण्डौ आवत जावतमा सदरमुकाम गाईघाट गई बस्नु पर्ने बाध्यता हटेको छ । स्थानिय सरकार आएपछि गाउँघरमा सडकको पहुँच पुगेसँगै एक दिन लगाएर सदरमुकाम आई भोलिपल्ट काठमाण्डौको यात्रा गर्नु पर्ने बाध्यता हटेको स्थानिय बासी बताउँछन् ।

पालिका बासीहरु आधा एक घण्टा पैदल हिडेर पञ्चकोशी तर्ने वितिकै गाडि चढेर काठमाण्डौँ लगायतका नेपालको विभिन्न ठाउँ सम्म पुग्न सकिने लिम्चुङ्बुङ गाउँपालिका अध्यक्ष मेजर राईले बताए । छिमेकी जिल्ला खोटाङ को तुवाचुङ गाउँपालिकासँग सडक, विद्युत लगायतका पूर्वधारहरुको लागि समन्वयन गरिरहेको राईले बताए ।

पारी बतासेबाट नै यातायातको सेवा प्रवाह भएपछि समयको बचत र पुग्नु पर्ने ठाउँमा छिटो पुगिने स्थानियबासी सागर राईले बताए । करिब ४५ मिनट खुट्टैले हिडेर झोलुङ्गे पुल तरी गाडि चढेर राजधानी लगायत पूर्व पश्चिमको विभिन्न ठाउँहरुमा सहज रुपले पुग्न सकिने सुविधि मिलेको राईले बताए ।

पालिकाबाट सदरमुकाम हुदै काठमाण्डौँ पुग्न करिब ३ सय ५० किलोमिटरको दुरी पार गर्नु पर्नेमा बतासे घाट हुदै काठमाण्डौ जादा करिब २ सय ३० किलोमिटरको दुरी मात्रै रहेकाले छिटो छरितो सडक भएको संचारकर्मी सिमसन राईले बताए । केहि वर्ष सम्म दुई दिन लगायर पैदल हिडेर सदरमुकाम जानु पर्ने बाध्यता थियो ।

तर अहिले स्थानिय सरकार आएपछि विकट गाउँघर सम्म सडकको पहुच पुगेको भएपनि स्तर उन्नती नहुदा काठमाण्डौँ लगायत राष्ट्रको ठुल ठुला शहरसम्म पुग्न पालिका बासीहरुलाई दुई दिन लाग्ने राईले बताए । तर अब छिमेकी पालिकाको बतासे घाटबाट नै यातायातको सेवा पाएपछि समस्या हट्ने आशा लिईएको राईले बताए ।

कोशी पारीबाट नै यातायातको सेवा पाएपछि स्थानिय बासीहरु खुसी भएका छन् । हराम विराम हुदाँ ठुल-ठूला सहरको ठुलो हस्पिटलसम्म उपचार गराउन जान सहज भएको स्थानियबासी आशा राईले बताए ।

पहिले जस्तो हाराम विराम पर्दा डोकोमा बेकेर २/३ दिनको पैदल बाटो लगाएर सदरमुकाम लानु बाध्यता हटे छ । छिमेकी पालिकाको बतासेबाट यातायातको सेवा पाएपछि छिटो काठमाण्डौँ पुग्न सकिने भएको राईले बताए ।

खोटाङ र छिमेकी जिल्ला उदयपुरका स्थानीयलाई सहज रुपमा यातायात सेवा दिनको लागी सुमो गाडी सञ्चालन गरिएको हलेसी मारातिका यातायात सेवा प्रालिका अध्यक्ष सानु काजी थापाले बताए । छिमेकी जिल्ला भएको कारण सिमाना वारिपारीको स्थानियबासीहरु यातायातको सेवाबाट बंचित भएकाले स्थानियबासीलाई लक्षित गरि सेवा सुरु गरिएको थापाले बताए ।

गाईघाट-मुर्कुची-लिम्चुङ्बुङ हुदै दुई जिल्लाको सिमाना पञ्चकोशी तरेर हलेसी धाम जोड्ने सडकको स्तर उन्नतीको कामका लागि छिमेकी जिल्लाको पालिकासँग समन्वयन गरेको पालिकाले जनाएको छ । सडकको स्तर उन्नती भएपछि तराईसँग सिधा जोड्ने सडक तयार हुने र पूर्वको एक प्रमुख धार्मिक तथा पर्यटकिय स्थल हलेसी धामको पुजा आरधना गर्न आवतजावतमा सहज हुने पालिकाले जनाएको छ ।

उक्त सडक खण्डको लिम्चुङ्बुङ गाउँपालिकाको विभिन्न उच्च पहाडी ठाउँबाट सगरमाथा लगायतका हिमशृङ्खला समेत अवलोक नर्ग सकिने पालिकाले जनाएको छ । हलेसी धाम र तराईलाई छोटो दुरीको रुपमा रहेको सडकले हलेसीमा भक्तजन तथा पर्यटक भित्र्याउने आशा लिएको छ ।