सप्तरी /  सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. २ का ४६ बर्षीय महाबीर खंग खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बर्षासँगै अचानक परेको चटयाङ्गबाट खेतमा काम गरिरहेका खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी चटयाङ्गबाट सप्तरीको साबिक बरही बिरपुरका सिफैत शर्माको भैसीको समेत मृत्यु भएको छ ।
त्यस्तै जिल्लाको अग्निसाईर कृष्णाशवरण गाउँपालिका वडा न. ४ का ४५ बर्षिय किसुनदेव शर्माको करेन्ट लागेर मृत्यु भएको छ ।
आफनै घरको विद्युत तार दातले काट्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका शर्माको तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, प्रदेश न.२ का प्रवक्ता एवं सूचना अधिकारी डिएसपी दानबहादुर थापा जानकारी दिए ।