तेह्रथुम / फेदाप गाउँपालिका २ ओयाक्जुङ्ग बस्ने एक युवाको घर छाउने क्रममा लडेर मृत्यु भएको छ ।
विहिबार दिउँसो साढे २ बजेको समयमा घर छाउने क्रममा छानोबाट अचानक लडेर बर्ष २८ का बेद प्रकाश लिम्बु घाइते भएका थिए ।
लडेर गम्भीर घाइते भएका लिम्बुको जिल्ला अस्पतालमा उपचार हुन नसके पछि थप उपचारको लागि धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
































