ताप्लेजुङ/नेपाल सरकार मन्त्री परिषदले ताप्लेजुङको दुईबटा सडक योजनालाई मुख्य प्राथमिकतामा राखेर काम अगाडी बढाउने निर्णय गरेको छ । रातो किताबमा बजेट नपरेर काम रोकिएको भनेर गुनासो आईरहेको बेला मन्त्री परिषदले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले तमोर करिडोर र मदन भण्डारी मार्गलाई प्राथमिकतामा राखेको छ । दोभान(ओलाङचुगोला सडकखण्ड, ताप्लेजुङ र धनकुटा मुलघाट, माझिटार, सुभाङ, लिम्बुनी पुल, दोभान (तमोर कोरिडोर) र बसन्तपुर-गुफापोखरी-सभापोखरी-ढुंगेसाँघु-दोभान-संखुवासभा र ताप्लेजुङ (मदन भण्डारी मार्ग) प्राथमिकतामा राखेको सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधिमन्त्रि गोकुल बास्कोटाले जानकारी दिए ।
यस्तै तिनका लागि सम्बन्धित प्रदेशमा विनियोजन बजेटसमेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत ल्याई सञ्चालन गर्ने निर्णय गरिएको छ ।
































