उदयपुर/ निर्माणधिन मदन भण्डारी राजमार्ग कालोपत्रेको काम मापदण्ड विपरित र अपादर्शी भएको भन्ने जनताको गुनासो बारेको समाचार आएपछि सर्वत्र चासो बढेको छ ।

राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको चुहाडे-गाईघाट सडक खण्डका कालोपत्रेको काम अपादर्शी भएको भन्दै समाचार बाहिर आएपछि सर्वत्र चासो बढेको हो । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की र आयोजना प्रमुख इन्जिनियर ललितजंग खनाल सहितको टोलीले बिहिबार स्थलगत अनुगमन तथा निरिक्षण गरेको थियो ।

स्थलगत निरक्षणमा पुगेका सडक आयोजनाका प्रमुख इन्जिनियर खनालले सडक ११ मिटरकै हुने तर कालोपत्रे गर्ने कुरामा माटो भरिएको (इगमेनमेन्ट) ठाउँमा १० र माटो काटिएको ठाउँमा ११ मिटरसम्मको हुने बताए । उक्त कुराको जनकारी स्थानीयलाई दिन नसक्नुु आयोजनाको कमजोरी स्विकार गर्दै अवका दिनमा स्थानीय जनतालाई आयोजनाको कामबारे अन्यौलमा नपर्ने प्रतिबद्धता जनाएको छ ।

राजमार्गको काम पूर्ण मापदण्ड र गुणस्तरीय हुने पनि खनालले बताए । स्थलगत अनुगमनको क्रममा जम्मा भएका स्थानीयलाई निकै बेर आयोजनाको बारेमा जानकारी खनालले दिएको थियो । स्थलगत निरिक्षणबाट आयोजनाको कामकोे निरिक्षण र जनताको गुनासो सुनेर स्पष्ट पार्ने काम भएको प्रजिअ कार्कीले बताए ।

जनताका गुनासोलाई निरन्तर सुनुवाई गर्ने र आयोजनालाई पूर्ण गुणस्तीयता र मापदण्ड अनुरुप बनाउन निरन्तर अनुगमन र निगरानी गरिने प्रजिअ कार्कीले बताए । राष्टिय गौरबको आयोजना भएकाले सबैको चासो र निगरानी हुनुपर्ने प्रजिअ कार्कीले बताए ।

सडकको कालोपत्रे काम के, कति र कसरी र कुन मापदण्डमा गर्ने भन्ने बारे स्थानीयलाई जानकारी नदिई सडक आयोजना र ठेकेदार कम्पनी जेडआईइसी, शर्मा लामा जेभी कन्टूक्सनले काम अगाडी बढाएको कारण जनताले विरोध जनाएका थिए ।

पहिले चौडाई ११ मिटर हुने भनिएपनि १० मिटर मात्र काम भएपछि उनीहरुले विरोध जनाएका स्थानियबासीले बताएका छन् ।

स्थानीयले आफ्नो निरन्तर निगरानी रहने भन्दै मापदण्ड र पारदर्शी र गुणस्तरीय काम नभएसम्म पूर्ण विश्वास गर्न नसकिने बताएका छन् । राजमार्गको काम सवै ठाउँमा एउटै प्रकृतिको काम हुनु पर्नेमा स्थानियबासीहरुले जोड दिएको स्थानियबासी राजेश कार्कीले बताए ।

पहिलेको सडक आयोजनाको प्रमुख र अहिलेको आयोजना प्रमख विचकै कुरा बाझिएको कारण विश्वास गरिहाल्ने ठाउँ नरहेकाले कामको निगरानी पछि मात्रै विश्वस्त हुने कार्कीले बताए । निरन्तर स्थानियबासीको निगरानी रहने छ । यदि कुनै ठाउँमा प्रमुखले भनिए बमोजिम नभएमा चित्त नबुझ्ने कार्कीले बताए ।