धरानको फुटवल इतिहासमा २०५५ सालदेखि शुरु भएको बुढासुब्बा रेडबुल गोल्डकप विभिन्न आरोह अवरोध पुरा गर्दै २१ औं संस्करणमा पुगेको छ । केही निरन्तर संचालन हुने स्तरिय प्रतियोगिताको नाम लिदा बुढा सुब्वा गोल्ड कप पनि पर्छ । अभाव र विविध समस्या झेल्दै धरान फुटवल क्लवले बुढासुब्बाको २१ औ संस्करणसम्म ल्याइपु¥याएको छ । यही माघ २६ देखि फागुन ४ गतेसम्म २१ औं संस्करण हुदैंछ । यही विषयमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष एवं एन्फाको मानार्थ वरिष्ठ उपाध्यक्ष किसोर राईसँग गोल्डकपको तयारीबारे ब्लाष्ट खवर डटकमले  गरेकाे कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ः

२१ औं बुढासुब्बा रेडबुल गोल्डकपको तयारी
हाम्रो तयारी लगभग सबै पुरा भइसकेको छ । यसपाली हामीले प्रचारप्रसारको विगतको शैलीलाई परिवर्तन पनि गरेका छौं । बाहिरी तडकभडलाई हामीले बन्द गरेका छौं । प्रचारका लागि इलेक्ट्रोनिक मिडिया, छापा र सामाजिक सञ्जाललाई प्राथमिकता दिएका छौं । यसबाट हाम्रो निकै खचृ बचेको छ । सबै तयरी पुरा भएको छ । पाराफिट रंगरोगन, मैदानमा घाँस रोप्ने कामदेखि लिएर सबै तयारी पुरा भएको छ । विहीबार पत्रकार सम्मेलन गरि यहाँ सहभागी टिमको विषयमा जानकारीसमेत गराइसकेका छौं ।

बुढासुब्वा गोल्डकप अव ‘टोलकप’ रहने छैन्
हामीले अन्र्तराष्ट्रिय गोल्डकप भनेका छौ, तर टोलकप जस्तो भइरहेको गुनासो आएकै हो । हामी सुधारमा लागेका छौ । एन्फामा नयाँ टिम आएको छ, एन्फाले राम्रो विदेशी टिम ल्याउन व्यवस्थापन गरिदिनुपर्छ भनेर भनेका पनि हौं । तर एन्फाले केही अपेक्षित सहयोग गरेन । विदेशी राम्रो टिम ल्याउन निके प्रयाु ग¥यौं तर सकिएन । विदेशी टिम ए लेभनको नभए पनि वि लेभनका छन् । आशा गरौं यो बर्षको प्रतियोगिता उत्कृष्ट हुने छ ।

खेल मैदानमा सुधार

rangasala_pic
मोफसलको उत्कृष्ट प्रतियोगिता बुढासुब्बा रेडबुल प्रतियोगिता नै हो । नाम अनुसार को भव्य प्रतियोगिता बनाउन हामीले ट महिना अघिदेखि मेहनत गरेका छौ ।
निश्चय नै प्रतियोगिता राम्रो हुनलाई राम्रो मैदान चाहिन्छ । त्यहाँ राम्रो टिमको सहभागिता हुनु पर्दछ । खेललाई राम्रर।ी व्यवस्थापन भए पछि प्रतियोगिता सफल हुन्छ । त्यसका लागि आवश्यक पूर्वाधार सबै तयारी अवस्थामा राखेका छौं ।

प्रतियोगिता समयमा शुरु हुन्छ
खेल ठिक समयमा शुरु गछौ । सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा छ । दर्शकलाई दिक्क लाग्ने समय हुदैछ । एक्स्ट्रा टाइममा खेलाउन सम्भव होस । टाइब्रेकरमा जादा पनि समय अभाव नहोस । त्यो हिसाबले यस पटकको गोल्डकप उत्कृष्ट हुने छ । सबै खेलप्रमि महानुभावहरुमा समयमा आएर खेल हेर्न अनुरोध पनि गर्दछु ।

पुरस्कार राशीमा वृद्धि
२१ औं संस्करणसम्मको यात्रा हामी घिस्रिएर आएका छौं । सधै आर्थिक संकट खेप्नु परेको नियती छ । धरान उपमहानगरलाई पहिलो पुरस्कार १५ लाख सहयोग माग्यौ । तर कार्यवहाक मेयर मञ्जु भण्डारी ज्युले त्यो गर्न नसक्ने जवाफ दिनु भयो । बुढासुब्बाले धरानलाई मिनि ब्राजिल भनेर चिनायो, एक सा एक खेलाडी उत्पादन भयो, एकेडेमी चलेको छ । यही धरानको मान्छे एन्फा उपाध्यक्ष सम्म बनेका छन् । राष्ट्रिय खेलाडीहरु उत्पादन भएका छन् । यसलाई मूल्याङ्कन गरेर पहिलो पुरस्कार उपमहानगरबाट अपेक्षा गरिएको हो । तर भएन । यो बर्ष ८ लाख पहिलो पुरस्कार, दोश्रोलाई ४ लाख कायम गरेका छौं । अघिल्लो बर्ष भन्दा यो बढेको पुरस्कार हो । विधागत पुरस्कारको राशी अलि बढि बढाएका छौ । पुरसकारका लागि मात्र २२ लाख बजेट छुट्टाएको छ ।

उपाधी जित्ने गरि आयोजकको तयारी
यसपाली आयोजकको टिमलाई धेरै राम्रो व्यवस्थापन गरेका छौं । हाम्रो टिमलाई पनि अरु आमन्त्रित टिमकै सरह व्यवस्था छ । स्थानीय खेलाडी हुन्छन । तर राष्ट्रिय टिमका खेलाडीहरु हुन । दर्शकको साथ हामीसँग छ । धरानको टिमलाई जित्न शुभकामना दिइरहेका छौ । यो पछि सहरा पनि खेल्न जानुछ । यसपाली धरानको टिमले राम्रो प्रर्दशन गर्छ । भर्खर बुधबारे गोल््डकप जितेर आएको टिम छ । धरानका राष्ट्रिय खेलाडीहरु हेमन्त थापा मगर, विष्णु सुनार, लिगमा चलेका वर्तमान राईजस्ता खेलाडी छन् । यि धरानका गहना पनि हुन । सबै हिसाबले टिम पूर्ण छ । यस पटक आयोजकको टिमले इतिहास रच्ने छ । आशा गरौं ।
प्रतियोगिताबाट २० लाख नाफा गर्ने तयारी
सहयोग सबैबाट भइरहेको छ । यसपटक राम्रो नाफा गर्ने पक्षमा छौ । अर्को पटक राष्ट्रिय लिग खेल्नका लागि ठूलो बजेट हामीलाई आवश्यक पर्ने भएकाले त्यो जुटाउने गरि तयारी गरेका छौं । प्रायोजकहरुले पनि माया गर्नुभएको छ । यसपाली ९० लाखसम्म उठाउने लक्ष्य लिएका छौ । यसमा २० लाख बचाउछौं ।

IMG_20190207_103447

आठ टिम सहभागी
२१ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता–२०७५ मा आयोजक धरान फुटबल क्लबसँगै आठ टिमले सहभागिता जनाएका छन् । विदेशको डल्फिनास क्यामरुन र डलहोसी एथ्लेटिक कोलकाता सहभागी छन् । 
विभागी टिम नेपाल पुलिस क्लब सहभागी छ भने आर्मी यो संस्करणमा सहभागी छैन । आर्मीसँगै डिफेण्डिङ च्याम्पियन थ्रीस्टार क्लब विदेशी प्रतियोगितामा सहभागी हुनेछन् । उद्घाटन खेल २६ माघमा सङ्कटा क्लब र मेची नेत्रालय झापा भिड्दैछन् । २७ गते नेपाल पुलिस क्लब र सहारा आमने–सामने हुनेछन् । २८ माघमा मनाङ्–मस्र्याङ्दी र क्यामरुनबीच स्पर्धा हुनेछ भने २९ गते आयोजक धरान फुटबल क्लब र डलहोसी एथ्लेटिक कोलकाता भिड्ने छन् । 
फागुन १ गते पहिलो सेमिफाइनल खेल हुनेछ भने २ गते दोस्रो सेमिफाइनल खेल हुनेछ । ४ फागुनमा फाइनल खेल हुनेछ । यो संस्करणमा टिकट दरमा १० रुपैयाँ वृद्धि गर्दै शुरुका खेलमा १ सय १०, सेमिफाइनल खेलमा २ सय १० र फाइनल खेलको टिकट दर ३ सय १० रुपैयाँ राखिएको छ ।