मधुमल्ला / मोरङको मधुमल्लाबाट पाँचथरको कन्नेटार जाँदै गरेको मे १ ज १६२० नं. को यात्रुबहाक ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन । आज बिहान १० बजेतीर मधुमल्लाबाट यात्रु र सामान बोकेर हिडेको गाडी धुमल्ला–रबि सडक खण्डको सिस्ने भन्दा केही तल दुर्घटना भएको थियो ।
दुर्घटनामा परि घाइते हुनेमा गाडीका चालक नविन श्रेष्ठको दाहिने हात र कम्मरमा चोट लागेको स्थानीय प्रविन खतिवडाले बताए । चालकको मधुमल्लाको साझा हस्पिटमा र अन्य ४ जना बिरामीहरुको दमकको नमस्ते हस्पिटलमा उचार भइरहेको छ । घाइते हुनेहरु भीमकुमारी राई , शान्ताकुमारी राई, बिष्णु राई र डिकमान राई रहेका छन । साँघुरो र उकालो घुम्तीमा गाडिको पिक टुटेपछी ब्रेक लगाउदा धुलोमाटोमा चिप्लीएर सडकबाट भिरतर्फ खसेको चालक नविन श्रेष्ठले बताए । श्रेष्ठले भने –‘उकालोमा पिकअफ टुट्यो ब्रेक लगाउदा लगाउँदै घर्सीएर गाडी रोडबाट तल झ¥यो ।’
































