ताप्लेजुङ/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथर अन्तर्गतको ताप्लेजुङ सम्पर्क केन्द्रले चालू आर्थीक वर्षमा ८१ लाखका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।  पाँचथरका पशु चिकित्सक डा. इन्द्रनारायण शाहले ताप्लेजुङमा आज आयोजित एक कार्यक्रका बिच कार्यक्रमहरु सार्वजनिक गरे ।

शाहका अनुसार सिप विकास तथा जनचेतना तालिमका लागि २ लाख ५० हजार, व्यावसायिक गाई, भैंसी, याक, चौरी, तथा बाख्रा पालन, पासु पसल तथा डेरी पसललाई सहयोग लगायतका कार्यक्रमका लागि ४८ लाख ५० हजारका कार्यक्रम रहेको छ । त्यस्तै अन्य विभिन्न संस्थाहरुलाई अनुदानका लागि १० लाख बजेट रहेको शाहले बताए ।

कार्यक्रममा जिसस प्रमुख धनेन्द्र मादेन, फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल, सिरिजंघा गाउँपालिका प्रमुख टिकाराम गुरुङ, आठराइ त्रिवेणीका प्रमुख विश्वनाथ सिटौला, पाथीभरा याङ्वरक उपप्रमुख रनमाया गुरुङ लगायत ९ वटै स्थानीय तहका पशु शाखा प्रमुखहरुको उपस्थिति थियो ।