भोजपुर/ सदरमुकाम स्थित हस्पिटल लाईन देखि भोजपुर विमान स्थल जाने मुख्य सडक सम्म धमाधम पिच गर्न थालिएको छ । जिल्ला अस्पताल परिसर , विद्योदय मावि हुदै जाने सात सय मिटर सडक पिच गर्न लागिएको हो ।
सडक निर्माणका लागि ६० जना कामदार दैनिक रुपमा परिचालन गरिएको सडक निर्माणको ठेक्का पाएको मार्सेली निर्माण कम्पनीका प्रोपाईटर श्याम श्रेष्ठले बताए । ठेकेदार कम्पनीका अनुसार सडक चार करोड २५ लाख लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।
चार मिटर चौडाईको सडक निर्माणका लागि प्रदेश नम्बर एक अन्र्तगत संघिय कार्यालय विराटनगर बाट बजेट विनियोजन भएको हो ।
सडक २०७६ असार मसान्त सम्म निर्माण सम्पन्न गरि सक्नु पर्ने सम्झौता पत्रमा उल्लेख छ । २०७५ साउन एक गते भएको सम्झौतामा असार मसान्त सम्म निर्माण सम्पन्न गर्ने भनिए पनि तोकिएको समय अगाडी नै काम सकिने ठेकेदार श्रेष्ठले जानकारी दिए ।
“श्रेष्ठले भने आवश्यक निर्माण सामाग्री तयारी अवस्थामा रहेकाले सम्झौतामा भनिएको मिति अगाडी नै काम सकिन्छ , अहिले ६६ प्रतिशत काम सम्पन्न भएको छ ।” सडक निर्माण सकिए पछि उपचारका लागी जिल्ला अस्पताल आउने विरामीहरु सबै भन्दा बढि लाभाम्वित हुनेछन् ।
यस अघि कच्ची सडकमा समेत खाल्डा खुल्डी बन्दा एम्बुलेन्स तथा निजि सवारी साधन चलाउन समेत समस्या हुने गरेको स्थानिय होटल व्यावसायी बविता राईले बताईन ।
“उनले भनिन् अब बाटो पिच हुदैछ गाउबाट स्टेचरमा उपचारका लागी विरामी ल्याउन समेत सहज हुन्छ ।” बाटो पिच हुने भए पछि हस्पिटल लाईन , क्याम्पस रोड र पाचघरे लाईनका स्थानिय खुसी भएका छन् ।
































