दमक/ विभिन्न पेषा तथा व्यवसायमा आवद्ध ४ जना यूवा र एउटा सस्थालाई लाई सम्मान गरिएको छ । यूथ एक्सन नेपालले झापाका उदाहणीय यूवा र सस्थालाई सम्मान गरेको हो । राष्ट्रिय समृद्धि तथा शान्ती निर्माणका लागि विभिन्न क्षेत्रबाट योगदान पुर्याएको भन्दै नेपालले जनहि १० हजार नगद सहित सम्मान गरेको हो ।

सम्मानीत हुनेमा अपाङ्गको क्षेत्रबाट अभियान सञ्चालन गरेकोमा दमकका मदन कुमार बोहोरा, उद्यमशिलताको क्षेत्रमा महत्वपूर्ण निर्भाह गरेकोमा बिर्तामोडको लाईफ प्सल प्रालि, समाजसेवाको क्षेत्रमा अभियान चलाएकोमा दमककै दधिराम ढकाल,दमककै रिता सुनुवार र बिर्तामोडकी गोमा भट्टराईलाई सम्मान गरिएको छ ।

भट्टराईले समृद्धिका उद्यमशीलताको क्षेत्रबात महत्वपूर्ण भूमिका निर्भाह गरेको भन्दै सम्मान गरिएको यूथ एक्सन नेपालका अध्यक्ष लेखनाथ निरौलाले जानकारी दिए । झापाको दमकमा आयोजीत कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रीको प्रमुख आतीथ्यमा सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रम पछि बोल्दै मन्त्री कार्कीले यस समाज परिवर्तको क्षेत्रमा काम गरिरहेका उर्जाशिल यूवागर्वलाई हौसालाको खाँचो रहेकोले बताए ।

प्रधानमन्त्रीको प्रसंशा
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रशंषा गरेका छन् । उनले बिश्वले चिनेका मुख्य तिन राष्ट्र प्रमुख मद्ये एक प्रधानमन्त्री ओली रहेको बताए । उनले बिश्वमा राजा महेन्द्र र विपी कोईराला पछि प्रधानमन्त्री ओलीले नेपालको राजनितीक इतिहासमा महत्वपूर्ण काम गरेको र प्रधानमन्त्री ओलीले देशको स्तरको उचाई बढाएको बताए ।

उनले बिश्वमा नेपालको उचाई बढाएका प्रधानमन्त्री ओलीको गृह नगर , निर्वाचन क्षेत्र र समग्र जिल्लाले प्रधानमन्त्रीको उक्त सम्मानलाई बचाई राख्नु पर्ने तर्क राखे । भोतीक बिकास, शैक्षिक स्तर सुधार , आम्दानी लगायत अन्य बिभिन्न क्षेत्रबाट प्रधानमन्त्रीको गृह जिल्ला अब्बल रहनु पर्ने उनको तर्क थियो ।