धरान / धरान उपमहानगर।का पूर्व लोकप्रिय नगर प्रमुख ध्यानबहादुर राईलाई दिल्लीस्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा भर्ना गरिएको छ ।
घाटीमा समस्या आए पछि क्यान्सर भएको आशंकामा उनलाई हिजो दिल्ली लगिएको उनको पारिवारिक श्रोतले जनाएको छ ।
घराजिव गान्धी क्यान्सर हस्पिटलमा मेडिकल अर्कोलोशी डा उल्लास बत्राले उनको उपचार गरिरहेका छन् । भोलीसम्ममा उनको रिर्पोट आउने र के समस्या भन्ने पत्ता लाग्ने उनको परिवारले जनाए । धरान १५ का स्थायीवासी पूर्व नगर प्रमुख ध्यान बहादुर राई धरानको विकास योजनाका प्लानर मानिदै आएकाछन् । एमालेमा लामो समय राजनीतिक गरेका राई पछिल्लो समय संघीय समाजवादी पार्टीको केन्द्रीय कमिटिमा रहेका छन् ।
































