बेलबारी/ ट्रिपरको ठक्करले बालिकाको मृत्युभएपछि तनावग्रस्त मोरङको विराटचोक अहिले शान्त बन्दै गएको छ । स्थानीय सरकारले विराटचोक घिनाघाट सडक खण्डमा ट्रिपर सञ्चालनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरे पश्चात विराटचोक अहिले शान्त बन्दै गएको हो ।
सोमबार बिहानको घटना पश्चात स्थानीय सरकार, प्रहरी प्रशासन र स्थानीय बासिन्दाहरु बीच बसको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । ट्रिपरको आतंकले भयवित भएका स्थानीय बासिन्दाहरुको चर्को दबावमा विराटचोक घिनाघाट सडक खण्डमा ट्रिपरलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो ।
उक्त बैठकमा घटनाका दोषीलाई कडा कारवाहीको माग गर्ने, पीडितलाई क्षतिपूर्ति दिलाउने सहमति सहितको निर्णय भएको छ । बैठकमा सुन्दरहरैंचाका मेयर शिव ढकाल, प्रदेश सांसद राजकुमार ओझा,उपमेयर धना तामाङ,जिल्ला प्रहरी मोरङका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठ लगायत स्थानीय जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
विराटचोक क्षेत्रमा ट्रिपर सञ्चालनमा पूर्णरोक लगाउने निर्णय पश्चात विराटचोक शान्त बन्दै गएको छ ।
































