तेह्रथुम/ छथर गाउँपालिका ६ सुदापमा रहेको ग्रामिण सडकमा स्थानीयको सकृयतमा सडक बत्ती बलेको छ । रातको समयमा सडकमा सवारी साधान सञ्चालनमा समस्यालाई मध्यनजर गर्दै बत्ती बालिएको हो ।
बत्ति बालेपछि रातको समयमा हुने अपराधिक घटना न्यूनिकरण हुने, रातको समयमा हनिडुल गर्न सहज हुने नमुना बस्ती टोल बिकास समितीका अध्यक्ष महेन्द्र मादेनले बताए । टुक्रे, स्वास्थ्य चौकी र वडा कार्यालय क्षेत्रको करिब २ किलो मिटर सडकमा ३३ वटा सडक बत्ती बालिएको मादेनले बताएका छन् ।
सडक खण्डको बिभिन्न स्थानहरुमा मर्मत नाली काट्नुका साथै सडकमा बत्ती बालिएको उनले भने । टोल बिकास समितीका १२ घरले प्रतिघर ५ हजारको दरले ६० हजार रकम संकलन गरी सडक बत्ती बालेका हुन । तत्कालिन सुदाप गाबिसका वडा ४ र ५ का ७० घर लाभान्बीत बनेका छन् ।
स्थानीय युबाहरुको सकृयतामा ग्रामिण सडक अन्तगत सुदापमा पहिलो पटक बत्ती बालेको समितिका सचिव सन्तोष मादेनले बताए । गाउँमा रहेको सडकमा बत्ती बाले सँगै यहाँका स्थानीयहरुलाई रातको समयमा हिडडुल गर्नका साथै बिरामीलाई स्वास्थ्य केन्द्र सम्म पुर्याउन सहजता बनेको छ ।
बस्तीलाई नमुनाको रुपमा बिकास गर्न यहाँका स्थानीय युबाहरु सकृय बन्दै आएका छन् । गाउँ गाउँमा सडक सञ्जालहरु जोडिए सँगै सञ्चालन हुने सवारी साधानहरु रातको समयमा बत्ती नहुँदा जोखिमपुुर्ण रुपमा यात्रा गर्दै आएको स्थानीय सञ्चारकर्मी प्रकाश पाक्सावाले बताए ।
































