सिरहा/ सिरहासहित तराईमा मौसम परिवर्तन भएपछि जनजीवन प्रभावित भएका छन । एक्कासी बढेको चिसो हावा वहदा कुहिरो लाग्न थालेपछि जनजीवन प्रभावित बनेका छन । अचांक मौसममा परिवर्तन भएपछि दैनिक ज्याला मजदुरी गरि जिविका पार्जन गर्ने सर्वसधारण लाई बढी प्रभावित भएको छ ।
विगतका वर्षका तुलनामा यस वर्षको जाडो याममा वातावरणीय असन्तुलनका कारण गर्मीको महशुस गरिरहेका स्थानीयले एक्कासी चिसोको महसुश गर्नुपरेको हो । सोमबार बिहानैदेखि जाडो बढेपछि स्थानीयहरु चोकःचोकमा आगो बालेर बस्न थालेका छन् ।
माघको मध्य समयमा आएर एक्कासी चिसो बढ्दा विशेष गरेर बृद्धबृद्धा र बालबालिकाहरू बढी प्रभावित भएका छन् ।
चिसो छल्न तराइका आसपासका बासिन्दाहरु ग्रामीण क्षेत्रमा घर अगाडि र चोकचोकमा आगो बालेर बसेको दृष्यहरु सहजै हेर्न सकिन्छ । सोमबार यसवर्षकै सबैभन्दा चिसोको महसुश भएको सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नम्बर ६ गणेश टोल का बासि विनोद कुमार साहले बताएका छन ।
विपन्न र गरीबका लागि चिसोको बेला वडा कार्यालयहरुले दाउराको व्यवस्था गरी दिदा राहत हुने धारण विनोद कुमार साहको छ ।
त्यसै गरि सिरहा,चोहेर्वा,गोलबजार,लहान,सुख्खिपुुर,बरियारपट्टी,विष्णुपुर,कल्यणपुर,मिर्चैया सहित ठाउँँमा पानी परेपछि र चिसो हब्बाले अचानकबढेको चिसोले ,जनजीवन प्रभावित भएको हो । चिसोको कारण न्यानो कपडा पसलहरुमा भिड लाग्न थालेको र अस्पतालमा रुघाखोकी ,निमुनिया, ज्वरो,दमको बिरामीको चाप बाढेकाे देखिएको छ ।
सर्वसधारण आगो तापेर बस्न थालेका छन , यता एक्कासी बढेको चिसोको कारण जनजिवन तथा सर्वसाधारण गरिब ,विप्पन वस्ती टोल चौक चौराहामा लागोको व्यवस्थाको लागी दाउरा नगरपालिका,गाउँपालिका तथा डिभिजन वन कार्यालय सिरहा तथा सम्वन्धित सरोकारवालाहरुलाई परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।
































