विराटनगर/ सुन्दरहरैचा नगरपालिका-९ स्थित सोमबार विहान टिूपरले एक बालिकाको ज्यान लियो । सुन्दरहरैचाबाट विराटनगरतर्फ आएको ना ३ ख ३३५५ नम्बरको टिूपरले ११ वर्षिय लक्ष्मी ढकालको घटना स्थलमै मृत्यु भएको हो ।

लक्ष्मीको मृत्यु भएको ३ महिना अगाडी उदयपुरकी एक महिलाको सुन्दरहरैचना २ मा दुर्घटना भयो । स्कुटरलाई पछाडिबाट ठक्कर दिएर तीन मिटरसम्म घिसारेपछि उदयपुर रौतामाइ नगरपालिका- २ की ३५ वर्षिय गीता कटुवालको उपचारको क्रममा मृत्यु भयो ।

मंसिर ५ गते सुन्दरहरैचा-७ नेताचौक स्थित टिूपरकै ठक्करले ग्रामथानका ६१ वर्षिय मोती साह गम्भीर घाइत भए । विराटचौकबाट विराटनगरतर्फ आइरहेको ट्रिपरले ठक्कर दिदा साह घाइते भएका हुन् । ट्रिपरको ठक्करबाट भएका दुर्घटनाका यी पछिल्ला उदाहरण हुन् । यसअघि पनि यस्ता थुप्रै दुर्घटना भइसकेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार चालु आर्थिक वषमा ट्रिपरकै ठक्करबाट ३ जनाको ज्यान गइसकेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ १४ गतेसम्म ११ वटा ट्रिपर दुर्घटना भएको छ । दुर्घटना हुने स्थानसमेत अधिकाशं विराटनगरको पुष्पलालचौक-सुन्दरहरैचना सडक खण्ड अर्गन्तगर्त भएको ट्राफिक प्रहरीको तथ्याङ्गले देखाउँछ ।

चालु आर्थिक वर्षको कार्तिकमा सबैभन्दा बढी दुर्घटना भएको छ । कार्तिकमा तीन वटा दुर्घटना भयो । जसमा १ जनाको मृत्यु भयो भने ३ जना घाइते भएको टूाफिक प्रहरीको अभिलेखमा उल्लेख छ ।

ट्रिर देख्यो कि आफैंलाई खान आएको जस्तो लाग्ने मोटरसाइकल चालक मोती साहले बताए । मंसिरमा सुन्दर हरैचना ७ मा टिूफर दुर्घटनामा परि घाइते भएका साहले भने, ‘यस सडक खण्ड अन्र्गत गुडने ट्रिफिर तिव्र गतिमा आउँछ ।

तीव्र गतिमा हुँइक्याउनले ठूलो ट्रिपरका अगाडि मोटसाइकल चलाउँदा मन डरले कामने गर्दछ ।’ उनी मात्र होइन, अधिकांश दुईपाङ्ग्रे सवारी चालक हिजोआज पुष्पलालचौक देखी विराटचौक सडकमा ट्रिपर देख्दा आत्तिने गरेका छन् ।

ट्राफिक प्रहरीका अनुसार ट्रिपर चालक कम उमेर र जिर्ण सडकमा तिव्र गतिले गैरजिम्मेवारीपूर्ण तरिकाले चलाउँदा दुर्घटना हुने गरेको बताँउछन् । ‘पुष्पपलाचौक- विराटचौक सडक खण्डको सडक जिर्ण छ,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवकुमार पोखरेलले भने, ‘सडक समयमै मर्मत नहुनु साघुरो सडकमा चालकले तिव्र गतिमा गुडाउनले दुर्घटना हुने गरेको छ ।’

रोक लगाएको समयमा गुडछ ट्रिपर
अत्याधिक चाप हुने समयमा सडकमा टिूपर सञ्चालनमा दुइ घण्टा टूाफिक प्रहरीले रोक लगाएको छ । विहान साढे ९ देखी साढे १० बजेसम्म र साझ ४ बजेदेखी पाँच बजेसम्म ।

तर ट्राफिक प्रहरीले रोक लगाउने भनिएपनि पुष्पलाल चौक-विराटचौक सडक खण्डमा भने ट्रिपर गुडने गरेको छ । ट्राफिक प्रहरी आफैंले घोषणा गरेको अभियान उसैले नियमन नगर्दा मोरङमा असफल भएको यहाँका स्थानिय बताउँछन् ।

विहान र साझ गरि एक घण्टा ट्रिपर सञ्चालन गर्न नपाइने निर्णय यस अघि नै जिल्ला यातायात व्यवस्था कार्यालयले गरेको टूाफिक प्रहरी निरीक्षक शिव पोखरेलले बताए ।

तर त्यसको प्रभावकारी कार्यान्वयन गराउन भने ट्राफिक प्रहरी असफल देखिएको छ । विहान विद्यालयका बसहरू सञ्चालन हुने तथा सडकमा अत्याधिक सवारी चाप हुने समय साढ ९ बजेदेखि साढे १० बजेसम्म पनि टिूपरको हुँइकाई रोकिएको छैन । अपरान्ह चल्न नदिने भनिएको समयमा पनि ट्रिपर सञ्चालन रोकिएको छैन ।

सडकमा अत्याधिक गतिमा कुद्ने ट्रिपरको गति नियन्त्रण गर्न नसकेको ट्राफिक प्रहरीले आफ्नै घोषणा कार्यान्वयन गराउन पनि तदारुकता नदेखाएको स्थानिय बताउँछन् । हरेक साँझ सडकमा व्यारियर बनाएर मोटरसाइकल र ट्रायाक्टरहरूको कागजपत्र माग्न र चेकजाँच गर्न समय दिइरहेको ट्राफिक प्रहरीले सडक दुर्घटना घटाउन ट्रिपरको नियमनमा भने ध्यान पुर्याएको छैन ।

ट्राफिक प्रहरी निरीक्षक पोखरेलले सार्वजनिक बिदाको दिन सबै समय चलाउन छुट दिएको तर अरु दिन तोकिएको समयमा चलाउन नपाइने बताए । उनले अहिलेसम्म त्यो समयमा टिूपर चलेको जानकारी आफुले नपाएको र त्यस्तो फेला परेको खण्डमा कारवाही गर्ने बताए । उनले यो कार्यक्रम प्रभावकारी देखिएकोले प्रदेशभर यो व्यवस्थालाई विस्तार गर्ने जानकारी आफुले पाएको समेत बताए ।