भोजपुर/ प्रतिनिधी सभा सदस्य संघिय सांसद सुदन किरातीले १३ गरिब परिवारलाई सुरक्षित घर हस्तान्तरण गरेका छन् । जिल्लाको अरुण गाउपालिकाको वडा नम्बर ४ र वडा नम्बर ७ का गरिब परिवारलाई आईतबार आयोजित एक कार्यक्रमका बीच सांसद किरातीले घर हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारको जनता आवश कार्यक्रम अन्र्तगत गाउपालिकाको वडा नम्बर ४ स्थित कुमाल टारका ७ , वडा नम्बर ६ को माझिटारका ४ तथा सोहि वडाको सिङटार र माङदिङ गाउको एक/एक गरिव परिवारले घर पाएका हुन् । घर पाउनेमा कुमालटारका मनरस कुमाल , याम बहादुर कुमाल , गंगा बहादुर कुमाल , सुनिता माझी , माली बहादुर माझी , बुधे कुमाल र धन बहादुर माझी रहेका छन् ।
यस्तै माझीटारका पुर्णबहादुर माझी , भीमबहादुर माझी , सुरेन्द्र माझी र पुर्ण माया माझीले पनि घर पाएका छन । घर हस्तान्तरण कार्यक्रममा माङदिङकी तिज माया गाईने र सिङटारका रणबहादुर विश्वकर्मालाई समेत घर हस्तान्तरण गरिएको स्थानिय बलभद्र राईले बताए ।
राईका अनुसार सरकारको सशर्त अनुदानमा ३ लाख ३२ हजारमा घर निर्माण सम्पन्न गरि घर हरुतान्तरण गरिएको हो । सासंद किरातीले १३ गरिव परिवारलाई घरको साचो सहित घर हस्तान्तरण गर्नु भएको थियो । घर पाए पछि खुसी हुदै माङदिङकी तिज माया गाईनेले भनिन “हामी जस्तो गरिबलाई हेर्ने पनि संसारमा रहेछन , यो भन्दा अरु खुसी के हुन्छ र सरकारसँग घर मागी दिनु हुने सांसदको मुहारमा खुसी छाईरहोस आर्शिवाद छ ।” घर पाएसँगै गरिबीको रेखामुनी रहेका कुमालटारका बुधे कुमाल पनि औधी रमाए । “उनले भने पहिलाका नेता चुनाव जितेर गए पछि गरिवका घर टेक्थेनन , अहिलेको सांसदले हाम्रा दुख सुख बुझेर गाउघरमा आउछन् गरिबको घरको दिन आकाछन नेता त यस्तो पो हुनु पर्छ ।” घर पाउनेहरु मध्ये सिङटारका रणबहादुर विश्वकर्माले समेत सरकारलाई धन्यावाद दिए ।
जनता आवाश कार्यक्रम अन्र्तगत घर पाए पछि कुमाल , माझी , दलित लगाएत समुदाय खुसी भएका छन् । भोजपुरमा जनता आवाश कार्यक्रम अन्र्तगत अरुण गाउपालिकाका १३ पाएका हुन् । यस्तै आम्चोक गाउपालिकाका २७ र रामप्रशाद राई गाउपालिकाका १० गरिब परिवारलाई चाडै घर हस्तान्तरण गरिने जनता आवाश निर्माण उपभोक्ता समितीले जनाएको छ ।
आस्थाका आधारमा भेदवाव हुन्न सांसद किराती
घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद किरातीले आस्थाका आधारमा जनतालाई भेदभाव गर्न नहुने बताए । बहुदलिय प्रतिस्पर्धामा जनता दोषि नहुने भन्दै उनले निर्वाचनका बेला जस्ले जस्लाई भोट हाले पनि भेदभाव गर्न नहुने स्पष्ट पारे ।
कार्यक्रममा उनले शिक्षा , स्वास्थ्य र आवाशमा जनताको सम्प्रभुता हुनु पर्नेमा जोड दिए । जनता सार्वभौम रुपमा शतिmसाली हुने तर्क गर्दै उनले भने “जनप्रतिनिधीले जनताको सेवकको रुपमा काम गर्नु पर्छ , जनताको सेवा गर्छु भनेर सिंहदरवार पसे पछि नर्फकने नेताको दिन गन्ती गन्दा हुन्छ जनता सचेत भैसका छन ।” भोजपुरबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित उनले आफु जनताको सेवक रहेको दाबी गर्दै जिल्लामा गरिवीको रेखामुनी रहेका जनताको आवशका लागी संसदमा जोडदार माग गर्ने उत्घोष गरे ।
विकाश र समृद्धीका विषयमा अधिकांश समय खर्चेका सांसद किरातीले विचारमा एकता भए असम्भव भन्ने केहि नहुने तर्क गरे । विचार मिलेकै कारण देशमा राजतन्त्र ढलेको स्मरण गर्दै उनले बैचारिक एकताले समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने ठोकुवा गरे ।
भौगोलिक विकटताका कारण विकाश निर्माणका काम प्रभावित हुने गरे पनि अबका दिनमा त्यस्ता समस्या समाधान गर्न एकजुट भएर लाग्नु पर्नेमा उनको जोड थियो ।
































