धरान/चौथो पानवारी भलिबल कपको उपाधिका लागि आयोजक सयपत्री बोइज युनियन क्लब र आमचोक गाँउपालिका भोजपुरबीच भिडन्त गर्ने भएका छन् ।
उपाधिका लागि भिडन्त शनिबार हुँदै छ । बिहीबारको खेलमा आयोजकले धरान भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइलनमा पुगेको हो भने अर्को खेलमा आमचोक गाँउपालिका भोजपुरले एक नं. प्रदेश प्रहरी रानीलाई ३–१ को सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।
खेलको विजेताले ७५ हजार नगद पुरस्कार सहित ३० तोला चाँदीको रनिङ ट्रफि प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले ४१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।































