विराटनगर/ विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने भएको छ । विराटनगरमा ४ वर्षपछि दोस्रो विराट फुड फेस्टा हुन लागेको हो । विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन, एनवाई र मञ्जिना मुभिज क्रिएसनको संयुक्त आयोजनामा आगामी फागुन २ देखि ४ गतेसम्म ‘विराट फुड फेस्टा’ हुने भएको हो ।
आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगरको नमस्कार होटलमा आउँदो फागुन २, ३ र ४ गते फुड फेस्टा आयोजन गर्न लागेको जानकारी गराए । विभिन्न सामुदायका लोकप्रिय परिकार राखिने भाजु युवराज फाउन्डेसनका युनेशराज श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार फुड फेस्टामा नेवारी, मारवाडी, मगर, राई, लिम्बू, थारू, राजवंशी, मुस्लिमलगायत जातिका परिकारका ८० वटा स्टलमा राखिने छ । फुड फेस्टामा बालबालिकालाई मनोरञ्जन प्रदान गर्न किड्स जोनसमेत सञ्चालन गर्ने तयारी गरिएको छ ।
फुड फेस्टालाई थप मनोरञ्जन प्रदान गर्न आयोजकले नेपालका चर्चित साङ्गीतिक ब्याण्ड ‘कुटुम्ब’ लगायत राष्ट्रिय कलाकार र स्थानीय कलाकारको प्रस्तुति रहने मञ्जिना मुभिज क्रिएसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।
































