पाँचथर / फिदिम–६, पाँचथर स्थायी घर भई हाल काठमाडौंको जोरपाटीमा बाबु–आमाको साथमा बस्दै आएका क्यान्सरपीडित ६ वर्षीया नाबालक नोगेन तुम्रोकको उपचारका लागि सहयोग रकम प्रदान गरिएको छ ।

नोगेनको उपचारका लागि सुनसरी इटहरीका कल्पना राई र माया सम्बाहाम्फे राईको पहलमा सङ्कलित २६ हजार ७ सय ५५ रुपैयाँ नोगेनका बाबु देवेन्द्र तुम्रोक लिम्बूको खाता नम्बरमा जम्मा गरिदिइएको हो ।

कमजोर आर्थिक अवस्था भएका बाबु–आमाले नोगेनको उपचारका लागि सहयोगको याचना गरेका थिए । उनको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि करिब ३५ लाख रकम आवश्यक पर्ने नोगेनका बाबु देवेन्द्रले बताए ।

सहयोग गर्न इच्छुकले नोगेनका बाबु देबेन्द्रलाई ९८१३२७२९७३ मा सम्पर्क गर्न याचना गरेका छन् ।