उदयपुर/ विपन्न परिवारका बालबालिकाको शिक्षा तथा घरको स्तर उन्नतीका लागि उदयपुरमा ११ घर परिवारलाई बाख्रा वितरण गरेका छन् ।  त्रियुगा नगरपालिका वडा नं १६ का विपन्न तथा दलित परिवारका बाल-बालिकाको शिक्षा तथा घरको आर्थीक स्तर उकास्नका निम्ती सोमबार बाख्रा वितरण गरेका हुन् ।

वडा कार्यालयको २ लखा आर्थिक सहयोगमा ज्योती महिला बहुउद्देश्यिय सहकारी सस्था सुकौराको आयोजनामा वडाका विपन्न ६ घर र दलित ५ घरका आमाहरुलाई २ वटाका दरले २२ वटा बाख्राको पाठी वितरण गरेको आयोजकले जनाएको छ ।

कतिपय विपन्न परिवारको बालबालिकाहरुले आर्थिक समस्याकै कारण आधा विचमा पढाई छाड्नु पर्ने समस्यालाई समाधान गरि घरको आर्थीक स्तर सुधारर्ने उद्देश्यले गत साल देखि बाख्रा वितरण गर्दै आएको ज्योती महिला बहुउद्देश्यिय सहकारी सस्थाको अध्यक्ष गोमा कार्कीले बताईन् ।

बाख्रा वितरण गर्दा घरमा भएका १/२ वटा बाख्रामा थापीने र व्यावसायीक बाख्रा पालन गर्नको लागि हौसलल्ला मिल्ने भएकाले बाख्रा दिदै आएको कार्कीले बताईन् । बाख्रा पालनले घरपरिवारको आर्थीक स्तर उक्सिने र बालबालिकाले शिक्षा भोग्दै आएको समस्याहरु समाधान हुने कार्कीले बताईन् ।

गर्त वर्ष देखि वडा कार्यालयको आर्थीक सहयोगमा ५ घर देखि सुरुवात गरेको बाख्रा वितरण कार्यक्रम यस वर्ष ११ घरलाइ वितरण गरेको र आगामि वर्षमा बढाउदै लैजाने कार्कीले बताईन् ।

यस बाख्रा वितरण कार्याक्रमले वडामा भएका विपन्न परिवारका आर्थिक स्तरमा सुधार आउने विश्वास लिएको कार्कीले बताईन् । बाख्राको २ वटा पाठी आफु जस्तै विपन्न परिवारको लागि सस्थामा फिर्ता गरेपछि माउ सँगै अन्य पाठा पाठी उनिहरुकै हुने कार्कीले बताईन् ।

व्यावसायीक पशु पलन तथा कृषी व्यावसायको प्रचुर सम्भावना भएकाले थोरै परिवारबाट सुरुवात गरेको बाख्रा वितरणले वडालाई आर्थीक पाटोमा ठुलो टेवा पुर्याउने र समृद्ध वडा बनाउने लक्ष्यमा सहयोग गर्ने त्रियुगा नगरपालिका वडा नं १६ का वडाध्यक्ष मानबाहादुर राईले बताए ।

वडामा विभिन्न खनिज बस्तु भएपनि छिटो छरितो ढङ्गले वडाबासीको आर्थिक स्तर उन्नतीमा पशू तथा कृषी व्यावसायनै मुख्य भएको राईले बताए । पशु पालन तथा कृषि व्यवसायको प्रचुर सम्भावना भएको र यसले वडामा भएका गरिवीपनलाई पूर्ण रुपमा हटाउने राईले बताए ।

आगामी वर्षमा बाख्रा मात्रै नभई कृषकको रुचि अनुसार सुँगुर, बाख्रा लगायतका पशुचौपाय वितरण गरेको खण्डमा आर्थीक स्तर उक्सने राईले बताए ।

पहिलो वर्ष वडाले सडक वर्षको रुपमा मनाएको र गाउँको कुना काप्चामा समेत सडकको ट्रयाक पुर्याएको यस वर्ष विद्युत वर्ष मानाइरहदा तिन धारे बाहेक सबै गाउँ बस्तीमा विजुली चााडै बल्ने तयारी भएको र तीन धारेमा सौर्य उर्जाको व्यवस्था चाँडै गरि वडाको सवै बस्तीमा बत्ति पुर्याउने राईले बताए ।

अाउँदो आर्थिक वर्षमा पशु तथा कृषी व्यवसायलाई विशेष प्राथमिकताको साथ बजेट विनियोजन गरि वडा बासीहरुको आर्थिक स्तरमा सुधार ल्याई समृद्ध वडा बनाउने लक्ष्य लिएको राईले बताए । यस वितरण गरिएको बाख्रालाई व्यवसायीक बाख्रा पालन गर्नु पर्ने राईले बताए ।

सस्थाको आयोजना र वडा कार्यालयको सहयोगमा बाख्रा पाएपछि पिन्न तथा दलित आमाहरु खुसी भएका छन् । अब घरमा भएको १/२ वटा बाख्रा थापीएको र छोरा छोरीको पठनपाठनमा सजिलो हुने भएको संगिता बिकले बताईन् ।

छोरा छोरीको पढाईमा चाहिने कपि, कलम, लत्तकपडा लगायतका शिक्षा सम्बन्धि विभिन्न कुराहरुमा खर्च गरि बचेको पैसा घर खर्चमा प्रयोग गर्ने बिकले बताईन् ।

स्थानिय सरकारले कृषी तथा विभिन्न कुराहरुमा सहयोग दिदै आएकाले आफुहरु एक दमै खुसी भएको गेल माया कार्कीले बताईन् । कृषीमा केरा खेती, तरकारी खेती जस्ता व्यावसायीक खेतिमा समेत वडा कार्यालयले सयोग गर्दै आएको कार्कीले बताईन् ।