दमक/ ‘‘जहाँ गहिरो तेही पहिरो’’ भन्ने प्रचलित नेपाली उखान अहिले कौशिलाको घरमा सत्य जस्तै भएर भित्रियो ।

सोच्दा पनि आश्चार्य लाग्छ एक जना होइन दुइ जना होइन, घरको कमाइ गर्ने तीनै जना पुरुष एकपछि अर्को गर्दै रोगले थलिएपछि ठुलो दशामा फसेकी छु कौशिलाले आँशु पुच्दै पिडा पोखिन । ‘मसँग अहिले नत उपचार गर्ने खर्च नै छ न त भनेजस्तो उपचार सबैलाई गर्न सकेकी छु ।’

श्रीमान् प्रमेश्वर शाहको मुखमा क्यान्सर भएर उपचार गराइएरहेकी छु । यता जेठो छोरा वर्ष २७ को सुरज शाहको दुबै मृगौलाले काम गर्न छाडेपछि डाइलोसिस गराउदैछु । कान्छो छोरा वर्ष २५ को प्रमोद शाहको पक्षघात भएर एक पाटो चल्दैन नियमित औषधी ख्वाउनुपर्दैछ ।

घरमा भएका तीन जना कमाउने पुरुष तीनैजना एकपछि अर्को गर्दै थलापरेका छन् । म के गर्ने के नगर्ने भन्ने होस्मा छैन । रातदिन आँशुले आँखा ओभाएका छैनन् । झापाको गौरादह नगरपालिका १ सीतापुरी सिरानटोल निवासी कौशिला थापा शाहको पीडा हो यो । उनलाई अहिले यस्तै बिपद्ले एकै पटक छोपेको छ ।

गत कार्तिक महिनामा श्रीमान प्रमेश्वरलाई जिब्रोमा क्यान्सर भयो । लगभग साढे तीन लाख रुपैयाँ खर्च गरेर जीब्रोको प्रत्यारोपण गरियो । तेती नै बेला जेठो छोरा सुरजको दुवै मृगौला फेल भएको रिपोर्ट आयो ।

यसअघि देखि नै अश्वस्थ रहेका सुरजको अहिले काठमाण्डौको भक्तपुर स्थित अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । सुरजका लागि आमा गीता ठकुरी शाहले एउटा मृगौला दान दिनुहुने भएको छ ।

ल्याब असिस्टेण्ड पास गरिसक्नु भएका सुरज केही स्वास्थ्य सस्था र स्थानीय एक सहकारीमा समेत काम गर्दैहुनुहुन्थ्यो । आफ्नो आम्दानीबाट राम्ररी घर खर्च चालाउदै आउनु भएका सुरज एक्कासी बिरामी भएपछि परिवारमा बिरामीको पीडा त छदैथियो तर आर्थिक समस्या समेत थपिएको छ ।

सुरजको मृृगौला प्रत्यारोपणका लागि सबै कानुनी प्रकृया पुरा भएको छ । मृगौला प्रत्यारोपण गर्न लाग्ने खर्च जुट्नासाथ उपचार अघि बढाउने योजना रहेको छ । शाहको उपचारमा सहयोग गर्न स्थानीय निराजन केसीको संयोजकत्वमा सुरज बचाउ अभियान समेत सञ्चालन गरिएको छ ।

अभियानबाट अहिलेसम्म ६ लाख २१ हजार १४२ रुपयाँ आर्थिक संकलन भइसकेको छ । उक्त रकम सोमबार नै पिडीत परिवारलाई हस्तान्तरण समेत गरिएको छ ।

घरमा आर्थिक अवस्था कमजोर भएपछि कान्छा छोरा प्रमोद संयुक्त अरव इमिरेट (युएइ)मा बैदेशिक रोजगारमा पुगेका थिए । घरमा बुबालाई क्यान्सर र दाईको दुबै मृगौला खराब भइ बिरामी भएको खवरले ड्युटीमा नै रहेको अवस्थमा बेहोस भएर ढलेको आमा कौशिलाले थाह पाएको बताईन् ।

त्यसपछि कम्पनीबाट साथीहरुको सहयोगमा केही समय त्यही उपचार गरियो । अब फर्केर काम गर्न नसक्ने डाक्टरको सुझाव आएपछि घरमा नै फिर्ता पठायो । अहिले घरमा नै औषधी खादै आराम गरि रहेको छ । उसको लागि मात्र महिनामा पाँच हजार रुपैयाँको भन्दा बढी औषधि आवश्यक पर्छ । प्रमोदको एकपाटो शरिर नचल्ने अवस्थामा पुगेको छ ।

यता श्रीमान्को लागि मासिक ७ देखि आठ हजार नियमित औषधी खरिद गर्नु पर्छ । अब जेठो छोराको लागि कति औषधी खर्च लाग्ने हो थाहा छैन । मृगौला प्रत्यारोपण गर्न लाग्ने खर्च जुटाउनै मुश्किल भइरहेको छ । कसरी सबैको उपचार गर्ने हो भन्ने चिन्ताले रातदिन पिरोलिरहेको छ ।

सामान्य खेती किसान गरेर जीविको चलाउदै आएको यो परिवार अहिले बिरामीकोे ज्यान बचाउन सबै दातासँग हात फैलाइरहेको छ । सरकारले मृगौला डाइलोसिस निशुल्क गरेपछि उपचारमा केही हदसम्म सहज भएको छ ।

तर मृगौला प्रत्यारोपण गर्ने बिरामीखोज्दै आएका केही दलालले मृगौला उपलब्ध गराउने आश्वासन दिएर अलि अलि गरेर जुटाएको खर्च समेत ८० हजार रुपयाँ अस्पताल क्षेत्रबाटै ठगेर दलाल फरार रहेको उहाहरुको गुनासो छ ।

अस्पताल परिसर भित्र नै दलाल छ्याप्छ्याप्ती हुँदा रहेछन् । बिरामीको नजिक पुग्ने र बिभिन्न प्रलोवन देखाएर ठगी गर्दा रहेछन् । सरकारले यस्तो प्रबृति तत्काल रोक्न पहल गर्नु पर्ने उनीहरुको सुझाव छ ।