धनकुटा/ धनकुटाको मुलघाट स्थित् विश्रान्तीमन्दिर र तमोर पुलको आसपासको क्षेत्रलाई स्वच्छ सफा राख्नको लागी स्थानियवासी तयार भएका छन् ।
धनकुटा नगरपािलकाले सनिबार मुलघाट, विश्रान्तिमन्दिर, उत्तरवाहिनीगंगा (अर्थात लेउतीखोला) र तमोरको पुलको आसपासको क्षेत्र धार्मिक पर्यटकिय क्षेत्र भएकाले स्वच्छ सफा कसरी राख्न सकिन्छ भन्ने उदेश्यले स्थानियवासीहरुसँग गरिएको छलफल पछि उनीहरु तयार भएका हुन् ।
विशेष गरेर विश्रान्तीमन्दिरमा आन्तरिक तथावाह्यधार्मिक पर्यटक आउने र वृद्धावृद्धहरुलाई साथ सहयोग गर्ने गरिएकाले वातवरणिय हिसाव मुलघाट क्षेत्र सफा, स्वाच्छ राख्नआवश्याक रहेको धनकुटा नगरपालिकाले जनाएको छ ।
छलफल कार्यक्रमलाई सम्वोधनगर्दै धनकुटा नगरपालिकाकाप्रमुखचिन्तनतामाङले मुलघाट र आसपासको क्षेत्र धार्मिक पर्यटकिय क्षेत्र भएकाले नगरपािलकाले यहाको वातवरणलाई स्वाच्छ राख्नकुनै पनि कसुर बाँकी नराख्ने बताए ।
साथै उनले धनकुटा नगरपािलकाको प्रवेशद्धार मुलघाट भएकाले पर्यटकहरुको स्वागततथा सम्मानको लागीनगरपालिकाले मुलघाट क्षेत्रको चौतर्फी विकासको लागी छुट्टै गुरुयोजनावनाएर अघि बढ्ने बताए ।
नगर प्रमुखतामाङले भेडेटार र नमस्ते झरनामाआउने पर्यटकलाई मुलघाटसम्म ल्याउन के के कसरत नगरपालिकाले गर्नु पर्छ त्यो सबै गर्न अब तयार हुने बताए ।
स्थानियवासीले राखेको मागको सम्वोधनगर्दै नगर प्रमुखतामाङले मुलघाटमा पर्यटकहरुको स्वागतकको लागीआकर्षक प्रवेशद्धार निर्माण गर्ने र तत्कालसिसि क्यामेरा पनि राख्ने बताए ।
उनले मुलघाटमा रहेको बजारको व्यावस्थापनको लागीखानेपानी, सडक बत्ति, ल्याण्लाईन फोन, इन्टरनेट, दाहासंस्कार स्थलमा सार्वजानिकशौचालयनिर्माण र सरसफाईको सम्पुर्ण जिम्मानगरपालिकाले लिने बताए ।
विश्रान्तिमन्दिर आसपासको क्षेत्रलाई चौविसै घण्टा सफा राख्नको लागी धनकुटा नगरपालिकाको तर्फबाट २ सरसफाई गर्ने कर्मचारीको समेत व्यवस्था गरिसकिएको नगर प्रमुखतामाङले बताए ।
सो अवसरमा धनकुटा पर्यटन विकास समितिकाअध्यक्षविजय सन्तोषी राईले भेडेटार र सिम्सुवा झरनामा आउने पर्यटकलाई मुलघासम्म ल्याउने प्रयास गर्न व्यावसायीहरुलाई आग्रह गरे ।
त्यसैगरी नगरपालिकाकावातवरण शाखा प्रमुख उपेन्द्र खनालले विगतलामो समय देखी नगरपालिकाले मुलघाटको फोहोर नियमित रुपमा उठाउने गरेको बताए ।
खनालले पर्यटक पहिलापाइला टेक्ने भनेको पुलको मुखमाभएकाले पुलको छेउछाउ फोहोर नगर्न स्थानियलाई आग्रह गरे ।
नगरपािलकाले सफागर्ने कर्मचारी राखिसकिएको अवस्थामा कोही कसैले फोहोर फ्याकेको भेटिएमा ५ हजार देखी ५० हजारसम्म जरिवानागर्ने चेतावानी समेत दिए ।
आफ्नो घर आँगनमा फ्याकिएको फोहोर प्रहरी, सशस्त्र, नगर प्रहरी र जनप्रतिनिधिहरु आफै आएर सफागरिदिँदाआफुहरुलाई लाजलागेको स्थानियचन्द्र डंगोलले बताए ।
अर्का व्यावसायी मोहन बान्तावा राईले मुलघाटको पुलवारीपारी र आसपासको क्षेत्रमापशुचौपाय छाडा छोड्ने गरेको वताए । उनले पशुचौपायलाई नियन्त्रण गर्नपर्नेमाजोड दिए ।
उनले धनकुटा नगरपालिकाले तमोरको पुलवारी डस्विन राखेको छ तर साँगुरीगढी गाउँपालिकाको क्षेत्र पर्ने पुलपारीपटी डस्विन नहुँदापुलको फेदमाफोहोर फ्याक्ने गरेको गुनासो गरे ।
अर्का सहभागीनविन घिमिरेले मुलघाटमा पार्क र पिकनिक स्पोर्ट बनाउनु पर्ने माग राखे । उनले ८ लाख रुपयाँ पर्यटन वोर्डले लगानी गरेर बनाएको मुलघाटको पिकनिक स्पोट प्रयोगमानआएको गुनासो गरे ।
सो अवसरमापत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, स्थानिय शुसिल राई, श्रवण शाहा, जय लिम्बू लगायतले पनिआफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन वातवरण शाखा प्रमुख उपेन्द्र खनालले गरेका थिए ।
































