मधुमल्ला/ नेपाली काङ्गेसका केन्द्रीय नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले वर्तमान सरकारलाई किशानको फापर बारी हेर्न हेलीकप्टर हैन जर्सी गाई दिन सुझाएका छन् ।

शनिबार मोरङको मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा भएको नेपाली काङ्ग्रेसको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले सरकारले पानी जहाज सञ्चालनका लागि कार्यालय खोल्ने निर्णयलाई व्यङ्ग्य गर्दै अहिले नेपाली जनताको गाउँबस्ती जोड्ने कालोपत्रे सडक नभएको अवस्थामा पानी जहाज ल्याउने कुरा हास्यास्पद भएको बताए ।

उनले जनतालाई पानी जाहाज रेल ल्याउछु भन्ने अनी गाउँमा बसेका जनता अझै सडक, खानेपानी, स्वस्थ्य र शिक्षा बाट बञ्चीत हुन बिडम्बन र हास्यास्पद विषय भएको बताए ।

कार्यक्रममा एक सय बढी नेता कार्यकर्ताहरु नेकपा पाटी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको थिए ।