धरान / बीपी काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी कल्याण समाजले विगतमा भएका सहमति पूरा गर्न प्रतिष्ठान प्रशासन समक्ष ध्यानाकर्ष गराएको छ ।
विभिन्न सेवा सुविधाको मागबारे अस्पताल प्रशासनले प्रतिबद्धता जनाए पनि पूरा भएको भन्दै ध्यानाकर्षण गराएको हो । २७ बुदे माग राखी आन्दोलमा उत्रिएका कर्मचारीको एक दुई वटा माग पूरा भए पनि अन्य माग अझै पूरा नभएको भन्दै बाकी रहेकाबमाग अविलम्ब पूरा गर्न माग गरेका हुन् ।
कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोलेले गत बर्षको असोज ९ गते भएको २७ बुदे सम्झौता एक बर्ष वितिसक्दा पनि कार्यान्वयन नगरेका कारण प्रतिष्ठान प्रशासनलाई सो सम्बन्धी ध्यानाकर्षण गराएको बताए ।