रङ्गेली/ प्रदेश १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।  प्रदेश मन्त्रिपरिषद्को बुधबार विराटनगरमा मुख्यमन्त्रिको कार्यालयमा बसको बैठकले अधिवेशन सुरु गर्न मिति तय गरेको हो ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नेछन् । प्रदेश सभाको बर्खे अधिवेशन गत असोज २३ गतेसम्म चलेको थियो । यसै अधिवेसन बाट प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने भनिएको छ ।

प्रदेश न. १ का आन्तरीकमामीला तथा कानुन मन्त्रि हिक्मत कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयको रकम खर्च गर्ने अख्तियारी प्रदान गर्ने स्विकृति गर्ने निर्णय गरेको हो ।

यसैगरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन विकास सम्बन्धी विधेयकलाई संसदमा पेस गर्न सहमति दिएको छ । कोशी रिफ्रेसमेन्ट परियोजनाको बजेट र सामाजिक विकास मन्त्रालयको योजना तथा सञ्चालन कार्यवधि २०७५ लाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्रालयको मन्त्रालय र मातहतका निकायबाट विनियोजित कार्यक्रम बजेट कार्यान्वयन गर्न निर्देशिका तथा कार्यविधिलाई समेत बैठकले स्विकृति दिने निर्णय गरेको मन्त्रि कार्कीले बताए ।